Comments Add Comment

साढे १० लाख रुपैयाँको डिजिटल पहिरन, जसलाई छुन सकिँदैन 

अमेरिकाको सनफ्रान्सिस्कोस्थित सुरक्षा कम्पनी क्वान्ट स्ट्याम्पका मुख्य कार्यकारी रिचर्ड मा ले सन् २०१९ को सुरुवातमा आफ्नी पत्नीका लागि एउटा पहिरन तयार गरे । त्यसमा उनले ९ हजार ५ सय अमेरिकी डलर अर्थात् १० लाख रुपैयाँ भन्दा धेरै खर्च गरे ।

रोचक कुरा त के भने जुन पहिरनका लागि उनले त्यति धेरै रकम खर्च गरे, त्यसलाई छोएर महसूस गर्नसम्म सकिँदैन । वास्तवमा त्यो एउटा भर्चुअल अर्थात् डिजिटल पहिरन हो ।

डिजिटल ड्रेस हुनुका बाबजुत फेसन हाउस द फेबि्रकेन्ट ले यो पहिरनको डिजाइन गरेको हो । जसमा रिचर्डकी पत्नी मेरी रेनको एउटा तस्वीर प्रस्तुत गरिएको छ, जसलाई सोसल मिडियामा पनि प्रयोग गर्न सकिन्छ ।

उक्त पहिरन महंगो भएपनि यो एक प्रकारको लगानी नै भएको मा बताउँछन् ।

आफु र आफ्नी पत्नीले सामान्यतया महंगा कपडा नकिन्ने भएपनि डिजिटल पहिरनको दीर्घकालीन मूल्य भएको हुँदा आफुले साढे ९ हजार डलर खर्च गर्न तयार भएको उनले बताए ।

आगामी १० वर्षभित्रमा सबैजसो मानिसले डिजिटल फेसन पहिरिने र त्यो अद्वितीय रुपमा सम्झनलायक हुने उनको विश्वास छ ।

रेनले आफ्नो फेसबुक पेज तथा विच्याटमा तस्वीर शेयर गरेकी छन् ।

डिजिटल ड्रेस डिजाइन गर्ने अर्को फेसन हाउस पनि छ, कार्लिंग्स । यो युरोपेली कम्पनीले गत वर्ष करीब ११ डलर मूल्य पर्ने डिजिटल स्टि्रटवेयर कलेक्सन तयार गरेको थियो । जुन एक महिनामै बिक्रि भएको थियो ।

कार्लिंग्स ब्राण्डका निर्देशकका अनुसार उत्पादकको सबै उत्पादन बिक्नु भनेको सैद्धान्तिक रुपमा असम्भव हो ।

डिजिटल कलेक्सनमा काम गर्दा आफुले चाहे जतिमात्र उत्पादन गर्न सकिन्छ र वास्तविक रुपमा असाधारण तथा असम्भव देखिने डिजाइन तयार पार्न सकिन्छ ।

द फेबि्रकेन्ट कम्पनीले हरेक महिना आफ्नो वेबसाइटमा नयाँ डिजिटल कपडाहरु निशुल्क उपलब्ध गराउँदछ । यद्यपि ग्राहकहरुलाई आफ्नो तस्वीरसँग डिजिटल पहिरन मिलाउनका लागि कौशल तथा सफ्टवेयरको आवश्यकता पर्दछ ।

द फेबि्रकेन्टका सहसस्थापक तथा डिजाइनर एम्बर जे स्लोटेनका अनुसार डिजिटल पहिरन खासगरी सिएलओ थ्री डी सफ्टवेयरको प्रयोग गर्ने उद्योगका पेशेवर व्यक्तिहरुले डाउनलोड गरिरहेका छन् ।  डिजिटल पहिरनलाई साढे ९ हजार डलर सम्म परेको खबर पछि मानिसहरु निकै उत्सुक भएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment