Comments Add Comment

म अलोकप्रिय बनेपनि देशलाई अफ्ठ्यारोमा पार्दिनँ : अर्थमन्त्री खतिवडा

'यो वर्ष अवसर छ, अर्को वर्ष के हुन्छ भन्न सकिन्नँ'

१ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफू अलोकप्रिय बनेपनि देशलाई अफ्ठ्यारो हुने गरी अर्थतन्त्रमा असर पर्ने काम नगर्ने बताएका छन् । राजश्व संकलन नबढाउने हो भने खर्च सञ्चालन गर्न ऋण लिनु पर्ने र त्यो दीर्घकालीन रुपमा जोखिमपूर्ण हुने उनले बताए ।

आठौं राष्ट्रिय कर दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले परिवर्तित राजनीतिक परिदृष्यमा केही अन्यौल र अप्ठ्यारो हुनु स्वाभाविक रहेको बताए ।

करको दायरा बढाएर अर्थमन्त्री अलोकप्रिय बने भन्ने टिप्पणी हुने गरेको स्वीकार्दै उनले परिवर्तित परिदृष्यमा केही अन्यौल हुनु स्वाभाविक भएको बताए । सरकार अध्यारोबाट उज्यालोतर्फ अगाडि बढिरहेको बताउँदै उनले भने, ‘लामो समय अध्यारोमा बसेका कारण केही समय अफ्ठ्यारो हुन्छ ।’

अर्थमन्त्री डा. युवराज खतिवडाले भने- यो वर्ष अवसर छ, अर्को वर्ष के हुन्छ भन्न सकिन्नँ

अहिले राजस्वबाट धेरै सार्वजनिक खर्च धान्ने कि ऋण लिने भन्ने विषय महत्वपूर्ण रहेको उनले उल्लेख गरे ।

अनौपचारिक क्षेत्रमा रहेका व्यवसायीलाई औपचारिक क्षेत्रमा ल्याउने क्रममा केही अफ्ठ्यारो भएको उनले बताए । बिगतमा अध्यारोमा बसेर व्यवसाय गरिरहेकाहरुलाई औपचारिक दायरामा आउने अवसर रहेको भन्दै उनले यसको उपयोग गर्न आग्रह गरे । ‘यो वर्ष अवसर छ आउनुस्, अर्को वर्ष के हुन्छ भन्न सकिन्नँ, उनले भने । उनको यो भनाइ स्टार्टअप व्यवसायतर्फ थियो ।

आर्थिक वृद्धिको लक्ष्यमा अडिग रहेको भन्दै उनले चालू आर्थिक वर्षमा बजेटमा उल्लेख भएअनुसार नै आर्थिक वृद्धि हुने अर्थ मन्त्रीको विश्वास छ ।

कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिले कर प्रशासनमा धेरै सुधार भएपनि अझै सुधारको आवश्यकता रहेको उल्लेख गरे । खासगरी सरकारले पछिल्लो समय लिएका अनिवार्य प्यान कार्ड, ढुवानीका सवारी साधनलाई अनलाइन निगरानी, भन्सारका दरमा बीच-बीचमा हुने परिवर्तन जस्ता विषयमा उनीहरुले अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

यो पनि पढ्नुहोस ‘डाक्टर’ अर्थमन्त्री तर, अर्थतन्त्र चाहिँ किन बिरामी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment