News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसीको पछिल्लो एकदिवसीय वरियतामा नेपाली क्रिकेट टोली एक स्थान खस्किएर १८औं स्थानमा पुगेको छ ।
- नेदरल्यान्ड्समा जारी लिग २ को ओडीआई शृङ्खलामा लगातार तीन खेलमा पराजित भएपछि नेपालको वरीयतामा गिरावट आएको हो ।
- निरन्तरको निराशाजनक प्रदर्शनले नेपालको सोझै एकदिवसीय विश्वकप छनोट खेल्ने सम्भावना निकै न्यून बन्दै गएको छ ।
१२ साउन, काठमाडौं । नेपाली क्रिकेट टोली आईसीसीको ओडीआई वरियतामा एक स्थान खस्किएको छ ।
आईसीसीले सोमबारसम्मको तथ्याङ्क समेटेर अध्यावधि गरेको नयाँ वरियतामा नेपाल १७औं स्थानबाट १८औं स्थानमा पुगेको हो ।
नेपालले हाल नेदरल्यान्ड्समा भइरहेको लिग २ को ओडीआई शृङ्खलामा लगातार तीन हार बेहोरेको छ ।
नेपालले नामिबियासँग दुई अनि नेदरल्यान्ड्ससँग एक हार बेहोरेको हो ।
नेपाललाई दुई खेलमा पराजित गरेको नामिबिया १७औं स्थानमा उक्लँदा नेपाल १८औं स्थानमा झरेको हो ।
पछिल्ला निराशाजनक प्रदर्शनले नेपालले सोझै एकदिवसीय विश्वकपको छनोट खेल्ने सम्भावना पनि न्यून बन्दै गएको छ ।
प्रतिक्रिया 4