News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ मा केप भर्डेका सिड्नी लोपेज काब्रालले अर्जेन्टिना विरुद्ध गरेको गोल सर्वोत्कृष्ट घोषित भएको छ ।
- विश्वभरका प्रशंसकको मत र प्राविधिक समूहको मूल्याङ्कनका आधारमा काब्रालको उक्त गोललाई प्रतियोगिताको गोल अफ दी टुर्नामेन्ट चुनिएको फिफाले जनाएको छ ।
- काब्रालले अतिरिक्त समयको १०३औं मिनेटमा पेनाल्टी बक्सको एजबाट प्रहार गरेको भलिबल सिधै गोलमा परिणत भएको थियो ।
१२ साउन, काठमाडौँ । केप भर्डेका सिड्नी लोपेज काब्रालले अर्जेन्टिना विरुद्ध गरेको गोल फिफा विश्वकप २०२६ को उत्कृष्ट गोल घोषित भएको छ ।
काब्रालले राउण्ड अफ ३२ अन्तर्गत खेलमा साविक विजेता अर्जेन्टिना विरुद्ध गरेको सानदार गोल विश्वकपको गोल अफ दी टुर्नामेन्ट (उत्कृष्ट गोल) चुनिएको हो ।
विश्वभरका फुटबल प्रशंसकहरूले दिएको मत र फिफाको प्राविधिक अध्ययन समूहको मूल्याङ्कनका आधारमा काब्रालको उक्त गोललाई प्रतियोगिताको सर्वोत्कृष्ट गोल घोषित गरिएको फिफाले जनाएको छ ।
काब्रालले उज्वेकिस्तानका एल्डोर शोमुरोडोभ र हाइटीका विल्सन इसिडोरको गोललाई पछि पारेका हुन् । एल्डरको गोल दोस्रो र इसिडोरको गोल तेस्रो स्थानमा रहेको फिफाले जनाएको छ ।
अर्जेन्टिनाले पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेलाई पराजित गर्न संघर्ष गर्नुपरेको खेलमा काब्रालको गोलको निकै चर्चा भएको थियो । उक्त खेल अर्जेन्टिनाले अतिरिक्त समयम ३-२ जितेको थियो ।
तर खेलको सबैभन्दा रोमाञ्चक क्षण काब्रालको गोल नै थियो । केप भर्डे २-१ ले पछि परेको अवस्थामा काब्रालले अतिरिक्त समयमा १०३औं अर्जेन्टिना विरुद्ध उत्कृष्ट गोल गरेका थिए ।
काब्रालले म्याक एलिस्टरलाई छलाउँदै पेनाल्टी बक्सको एजबाट टप कर्नरमा प्रहार गरेको भलिबल सिधै गोलमा परिणत भएको थियो । अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले उक्त प्रहारलाई रोक्ने कुनै मौका नै पाएनन् ।
उनको गोल उत्कृष्ट मात्र नभई अर्जेन्टिना विरुद्ध महत्वपूर्ण समयमा भएको गोल समेत थियो । जुन गोलले केप भर्डेले खेल बराबरी गरेको थियो । तर आत्मघाती गोलमा केप भर्डे अतिरिक्त समयमा पराजित हुँदै बाहिरिएको थियो ।
प्रतिक्रिया 4