Comments Add Comment

‘धुपौरे’ छाडेर किन ‘ए मेरो हजुर’कै सिरिजमा फर्किए अनमोल ?

चलचित्र ‘ए मेरो हजुर ३’ रिलिज भएको ७ महिनापछि नायक अनमोल केसीले यसैको चौथो सिरिज साइन गरे ।  ‘ए मेरो हजुर ३’ रिलिजपछि अनमोलको हातमा चलचित्रको अफर खुबै गएका थिए । एकपछि अर्को चलचित्र रिजेक्ट गरेका अनमोलले आफ्नै घरको चलचित्र ‘एन्टी हिरो’का लागि तयारी पनि थालेका थिए । तर, यो बिचमा उनले फेरि ‘धुपौरे’ नामक चलचित्र साइन गरेका थिए ।

यो चलचित्रका लागि अनमोल वर्कशपमा पनि व्यस्त भए । यतिसम्म कि, आफ्नै घरको चलचित्रको लागि लोकेशन हेर्न ननिस्कने अनमोल यो चलचित्रका लागि लोकेशन हन्टिङ गर्न पनि पुगे ।

धेरैलाई लागेको थियो, अनमोल ‘धुपौरे’का लागि गम्भिर छन् । तर, केही हप्ता अगाडि मात्र अनमोलले ‘धुपौरे’ छाडेको खबर सार्वजनिक भयो । अनमोलले भने चलचित्र छाडेको नभई छायांकन केही पछि सार्न आग्रह गरेको बताउँदै आएका छन् ।

तर, कात्तिकको अन्तिम दिन उनले दर्शक र मिडियालाई सरप्राइज दिदै ‘ए मेरो हजुर ४’ साइन गरे । हातमा आएका केही चलचित्र र साइन गरिसकेको ‘धुपौरे’ छाडेर अनमोल किन ‘ए मेरो हजुर’को चौथो सिरिजमै लोभिए त ?

यो पनि पढ्नुहोस ‘ए मेरो हजुर ४’मा अनमोल र सुहानाको जोडी पक्का
अनमोल केसी पछिल्लो केही बर्षयता दबाब महशुश गरिरहेका छन् । बक्स अफिसमा असफल हुँदा पर्ने दबाबले उनलाई अप्ठ्यारोमा पारेको छ । जसकाकारण, उनी कुन चलचित्र गर्ने भन्ने निर्णय लिन नै समस्यामा छन् ।

निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाको टिम उनको सबैभन्दा प्रिय टिम हो । यो टिमसँग काम गर्दा निकै नै सहज महशुश गर्ने भएकाले पनि अनमोल ‘ए मेरो हजुर ४’ प्रति आकर्षित भएका हुन् ।

अर्कोतिर, हिट सिरिज भएकाले पनि उनलाई यो चलचित्रमा काम गर्दा बक्स अफिसमा चल्न सजिलो हुन्छ भन्ने थाहा छ । गतबर्ष अनमोलको क्रेज घट्न नदिन ‘ए मेरो हजुर ३’ले महत्वपूर्ण भूमिका खेलेको थियो ।

अनमोललाई निर्देशक झरना थापाले ‘ए मेरो हजुर ३’को छायांकनको समयमा नै ‘ए मेरो हजुर ४’ को कथा सुनाएकी थिइन् । यसपटक कथा पनि राम्रो भएकाले अनमोलले चलचित्र साइन गरेको वुझिएको छ ।
अनमोल बक्स अफिसमा असफल भएर क्रेज कमजोर बनाउन चाहँदैनन् । ‘ए मेरो हजुर ४’ उनले साइन गर्नुको एउटा कारण यो पनि हो ।

अनमोलले यो चलचित्र साइन गरेसँगै दर्शकले गतबर्ष सर्वाधिक रुचाएको अनमोल र सुहाना थापाको जोडीलाई भने पर्दामा हेर्न पाउने पक्का भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment