Comments Add Comment

भारतीय दूतावास अगाडि नेविसंघले गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप

१ मंसिर, काठमाडौं । सीमा अतिक्रमणको विरोधमा लैनचौरस्थित भारतीय दूतावास अगाडि नेविसंघले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । कालो ब्यानर र राष्ट्रिय झण्डासहित प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको हो ।

बेलुन राखेर उडाइएको कालो ब्यानरमा लिम्पियाधुरासहितको नेपाली नक्सा बनाइएको छ र अंग्रेजीमा ‘मोदी हेर, यो हो नेपालको नक्सा’ लेखिएको छ ।

भारतले हालै सार्वजनिक गरेको नक्सामा लिपुलेक, कालापानीलगायतका नेपाली भूमिलाई आफ्नो क्षेत्रमा पारेपछि देशभर विरोध प्रदर्शन भइरहेको छ । काठमाडौं उपत्यकामा दिनहुँजसो भारतविरुद्ध प्रदर्शन हुँदै आएको छ ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment