+
+
Shares

क्रिकेटर बनेपछि साहिद र रणवीरबीच तुलना

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १ गते १२:३०

सामाजिक संजालमा बलिउडका दुई नायक रणवीर सिंह र शाहिद कपुरको चर्चा चलिरहेको छ । उनीहरुको तस्विरलाई जोडेर सामाजिक संजाल प्रयोगकर्ताहरुले दुइको तुलना गरिरहेका छन् । कसैले रणवीरको पक्षबाट पोष्ट गरेका छन् त कसैले शाहिदलाई सपोर्ट गरेका छन् ।

आखिर किन भयो त रणवीर र शाहिदको तुलना ? कारण हो, उनीहरुले अभिनय गरेको चलचित्र । रणवीरले हालै चलचित्र ‘८३’को छायांकन सकाएका छन् । क्रिकेटर कपिल देवको बायोग्राफी चलचित्रमा रणवीर मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

यस्तै, नायक शाहिद कपुर पनि नयाँ चलचित्रको तयारी गरिरहेका छन् । शाहिद तेलुगु चलचित्र ‘जर्सी’को रिमेकमा काम गर्ने तयारीमा छन् । यो चलचित्रमा शाहिदले क्रिकेटरको भूमिका निर्वाह गर्नेछन् । चलचित्रको लागि शाहिद क्रिकेट सिकिरहेका छन् ।

दुबै नायक क्रिकेटर बनेका कारण पनि उनीहरुको तुलना सुरु भएको हो । तर, दुबैले काम गर्न लागेको चलचित्रको कथावस्तु भने विल्कुल फरक छ । शाहिद र रणवीरविच क्रिकेटर बन्दा कसलाई बढी सुहायो, यो त दुबैको चलचित्र रिलिजपछि आउने प्रतिक्रियाले पनि थाहा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?