+
+
Shares

‘दि कर्मा’को फस्टलुकमा यस्तो देखिए नीता र परमिता

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २ गते १२:२२

चलचित्र ‘दि कर्मा’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्रको अफिसियल पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो । यो चलचित्र अब माघको १७ गतेबाट रिलिज हुने भएको छ ।
जयराज रायले यो चलचित्रको निर्माण गरेका हुन् भने देवकुमार श्रेष्ठ यसका निर्देशक हुन् ।

नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा यो चलचित्र बनेको हो । जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एन्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो चलचित्रको कथा जयराजले लेखेका हुन् । श्रीदेव बीएल र निशा खतिवडा निर्माता रहेको चलचित्रमा शारदा खड्का सह–निर्माताको रुपमा छन् ।

भारतका मोडल करण वर्माको साथमा चलचित्रमा नीता ढुंगाना, परमिता आरएल राणा, वुद्दि तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतकाको अभिनय छ । चलचित्रमा सुशिल पोखरेलको पटकथा तथा संवाद छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?