Comments Add Comment

सर्फराज अहमदलाई प्रधानमन्त्री खानको साथ

२ मंसिर, काठमाडौं । क्रिकेटर सर्फराज अहमदले अन्तर्राष्ट्रिय कयिर अन्त्य गर्नु नपर्ने पाकिस्तानका पूर्व कप्तान एवं प्रधानमन्त्री इमरान खानले बताएका छन् ।

प्रधानमन्त्री भएपछि खानले पाकिस्तानको राष्ट्रिय क्रिकेट टिमबारे सार्वजनिक रुपमा टिप्पणी गरेका थिएनन् । तर उनले मुख्य प्रशिक्षक र छनोटकर्ता मिसबाह उलहक बनेपछि पाकिस्तान क्रिकेटमा भइरहेको विकासबारे बोलेका छन् ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री खानले टी–२० का आधारमा खेलाडीलाई मूल्यांकन गर्न नहुने उनले बताए । उनले भने, ‘उनी (अहमद) राष्ट्रिय टिममा फर्कन सक्छन् । तर उनी अहिले भने घरेलु क्रिकेटमा केन्द्रित छन् ।’

पाकिस्तानले पछिल्लो महिना मात्र फर्ममा नरहेको भन्दै सर्फराजलाई टी–२०, एकदिवसीय र टेष्ट टिमको कप्तानबाट हटाएको थियो । साथै पाकिस्तानको अष्ट्रेलिया टुरमा टी–२० र टेष्ट टिममा स्थान समेत बनाउन सकेनन् ।

उनी अहिले क्वेदे आजम ट्रफीमा सिन्ध प्रान्तको नेतृत्व गरिरहेका छन् र चार खेलमा ९२ रन बनाएका छन् ।

प्रधानमन्त्री खानले मुख्य प्रशिक्षक र छनोटकर्ता मिसबाह उलहकको पनि प्रशंसा गरेका छन् । उनको नेतृत्वमा पाकिस्तानले टेष्ट र एकदिवसीय क्रिकेटमा राम्रो गर्ने विश्वास गर्दै खानले भने, ‘उनीसँग त्यो क्षमता छ, जसले खेलाडीहरुलाई अगाडि बढ्न र प्रदर्शनमा सुधार गर्न मदत गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment