+
+
Shares

दोरम्बामा सवारी दुर्घटना, दुई बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २ गते २०:४७

२ मंसिर रामेछाप । दोरम्बा गाउँपालिका-२ दोरम्बा ढाक्रेबासमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।

दोरम्बा गाउँपालिका-२ दहपातालमा आफन्तकोमा छेवर खाएर फर्किएका यात्रीहरु लिएर दोलखाको सैलुङ गाउँपालिका-८ भैसे जाँदै गरेको बा १३ च ७०९५ नं को गाडी दुर्घटनमा परेको हो । दुर्घटनामा दोलखाको सैलुङ गाउँपालिका-८ की १० वषिर्या सुवानी श्रेष्ठ र १२ वषिर्या दिलकुमारी श्रेष्ठको मृत्यु भएको छ ।

रामेछापका प्रहरी नायव उपरिक्षक सन्तोष भट्टराईकाअनुसार गाडी सडकबाट करिव ३ सय मिटर तल जंगलमा झरेको छ ।

घाइतेहरुलाई उपचारका लागि दोरम्बास्थित स्वास्थ्य चौकीमा ल्याइएको छ । उनीहरु मध्ये ८ जनाको अवस्था गम्भीर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?