+

मेस्सीले अर्जेन्टिनालाई हारबाट जोगाए

२०७६ मंसिर  ३ गते ११:०७ २०७६ मंसिर ३ गते ११:०७
मेस्सीले अर्जेन्टिनालाई हारबाट जोगाए

काठमाडौं । लिओनल मेस्सीको इन्जुरी टाइमको गोलसँगै अर्जेन्टिनाले उरुग्वेसँग बराबरी खेलेको छ ।

सोमबार राति भएको मैत्रिपूर्ण खेलमा अर्जेन्टिना र उरुग्वेले २–२ गोलको बराबरी खेलेका हुन् ।

इजरायलको तेल अभिभमा भएको खेलमा उरुग्वेले ३४ औं मिनेटमा काभानीको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको ६३ औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरे । तर पाँच मिनेटपछि नै लुइस स्वरेजले फेरि उरुग्वेलाई अग्रता दिलाए ।

खेल इन्जुरी टाइटमा मेस्सीले गोल गरेसँगै अर्जेन्टिनाले २–२ को बराबरी खेलेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय