
नायक विपिन कार्की हरेक चलचित्रमा फरक गेटअपका साथ प्रस्तुत हुन रुचाउँछन् । यसैले पनि उनलाई भर्सटायल कलाकारको रुपमा चिनिन्छ । उनै, कार्की अभिनित चलचित्र ‘सेल्फी किङ्ग’को पोस्टर सार्वजनिक भएको छ ।
माघ २४ गतेलाई रिलिज मिति पक्का गर्दै निर्माणपक्षले पोष्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा विपिनलाई मात्र समावेश गरिएको छ । विपिन कार्कीको चलचित्र भित्रको गेटअप यो पोष्टरले पुष्टी गर्न खोजेको छ ।
विशाल सापकोटाको निर्देशनमा तयार भएको यो चलचित्रले एउटा कलाकारको कथालाई प्रस्तुत गरेको छ । एक कलाकारले कला यात्राको दौरान आफूले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षलाई चलचित्रमा देखाइएको छ ।
सुभाष थापा र दिनेश राउतको निर्माण रहेको चलचित्रमा लक्ष्मी वर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय छ ।
चलचित्रका निर्माता राउत भन्छन्–‘चलचित्रमा कमेडी पाटोहरु पनि छन् । तर, यो एउटा गम्भिर कथामा बनेको चलचित्र हो ।’
प्रतिक्रिया 4