Comments Add Comment

काठमाडौं महानगरपालिकाको प्रशासन विभागको जिम्मा ढकाललाई

३ मंसिर, काठमाडौं । काठमाडौं महानगरको प्रशासन विभाग प्रमुखको जिम्मेवारी नवराज ढकालले पाएका छन् । मेयर विद्यासुन्दर शाक्यको विश्वास पात्रमध्येका ढकाल यसअघि सहकारी विभाग प्रमुख रहेका थिए ।

महानगरकै विभिन्न विभागमा रहेर लामो समय काम गरेका ढकालले वित्तीय प्रशासन, दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् भने, अर्थशास्त्रमै एमफिल र कानुनमा स्नातक गरेका छन् ।

यसअघिका प्रशासन विभाग प्रमुख ज्ञानेन्द्र कार्कीलाई ३१ असारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिकालाई पत्र लेखी मन्त्रालयमा हाजिर हुन पठाउन पत्राचार गरेको थियो ।

त्यसको भोलिपल्टै अर्थात साउन १ गते महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले कार्कीलाई मन्त्रालयमा हाजिर हुन जान तोक लगाएपछि कार्की प्रशासन विभागको जिम्मेवारीबाट अलग भएका थिए ।

जनप्रतिनिधिलाई नै प्रवक्ताको जिम्मेवारी दिने प्रावधान अनुसार काठमाडौँ महानगरपालिका १५ का अध्यक्ष ईश्वरमान डंगोलले प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment