Comments Add Comment

बच्चाका लागि अभिभावक होइन, साथी बनौं

सन्दर्भ : अन्तर्राष्ट्रिय बाल दिवस

अहिले आमा-बुबा आफ्नो काममा यति धेरै व्यस्त हुन्छन् । आफ्ना बच्चालाई पूर्ण रुपमा ध्यान दिन भ्याउँदैनन् । त्यस्तै कुनै अभिभावकले प्रविधिको सहयोग लिएर आफ्ना छोराछोरीहरुको लालन-पालन गर्छन् । जब बच्चाहरु कुनै कुलतमा लाग्छन् अथवा गलत काम गर्न थाल्छन् । मानिसहरु उसको अभिभावकले गरेको हेरचाहप्रति प्रश्न गर्न थाल्छन् । त्यसैले आफ्ना बच्चाहरुलाई जीवनको सही अर्थ सम्झाउनुपर्छ ।

बच्चाको साथी बन्नुपर्छ

बच्चाले के सोच्छन् भन्ने कुरा बुझ्दै उनका साथीहरु र शिक्षकहरुसँग समय-समयमा कुराकानी गरिरहनुपर्छ । उनीहरुसँग सधै उनीहरुको कामको बारेमा कुरा गर्नुपर्छ । जसले गर्दा तपाईंंले उनीहरुले के सोच्छन् भन्ने कुरा बुझ्न सक्नुहुन्छ । जीवनमा सधै आफ्ना सन्तानको साथी बन्नुपर्छ । जसले उनीहरु तपाइर्ंसँग आफ्ना सम्पूर्ण कुराहरु सेयर गर्न सक्छन् ।

बाल्यकालमा रमाउन दिनुपर्छ

जब बच्चाहरु चकचक गर्छन्, अभिभावकहरु दिक्क भएर उनीहरुलाई चकचक गर्न रोक्छन् । आफ्ना बच्चाहरुलाई चकचक गर्न रोक्नु अगाडि एक पटक आफ्नो बाल्यकाललाई पनि सम्झनुपर्छ । तपाईंं आफ्नो बाल्यकालमा कति चकचक गर्नुहुन्थ्यो भन्ने कुरालाई बिर्सनु हुँदैन । बाल्यकाल नै एउटा त्यस्तो समय हो, जहाँ बच्चा बिना कुनै डर अथवा चिन्ता हरेक कुरामा रमाउन सक्छन् ।

बच्चालाई ध्यान दिनुपर्छ

यदि तपाईंंहरु दुवै कामकाजी हुनुहुन्छ भने बच्चाको बानी-व्यवहारमा ध्यान दिनुपर्छ । हरेक काम गर्दा तपाईंंको सहमति लिने बानी आफ्ना बच्चामा बसाल्नुपर्छ । जसले उनीहरुलाई कुनै समस्याको सामना गर्न नपरोस् । त्यस्तै यदि तपाईंंले आफ्ना बच्चासँग सम्बन्धित कुनै कार्य गर्दै हुनुहुन्छ भने उनीहरुसँग पनि सहमति लिनु आवश्यक छ ।

सही र गलतको फरक बुझाउनुपर्छ

अहिले बच्चाहरु आफ्ना कामहरु औंलाको ईसारा अर्थात् ग्याजेट तथा प्रविधिका सहयोगले गर्छन् । उनीहरुलाई प्रविधिको धेरै प्रयोग गर्नाले उनीहरुलाई नै कस्ता किसिमका हानि पुर्‍याउँछ भन्ने कुराका बारेमा अवगत गराउनुपर्छ । त्यसका लागि तपाईंं आफूले पनि प्रविधिहरुको धेरै प्रयोग गर्नुहुँदैन । यस बाहेक पनि उनीहरुले जीवनमा लिने निर्णय अथवा अन्य कुराहरु बारेमा पनि सही र गलत निर्णयको बारेमा सम्झाउनुपर्छ ।

परिवारसँग समय बिताउनुपर्छ

जीवनमा बच्चालाई राम्रो शिक्षा दिनुपर्छ । उनीहरुलाई जीवनमा पैसाभन्दा पनि आफ्नो परिवारको माया र साथको महत्वको बारेमा सम्झाउनुपर्छ । जीवनमा आफन्त छैनन् भने पैसा मात्र भएर पनि खुशी हुन सकिँदैन भन्ने कुरा राम्रोसँग बुझाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment