+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

के ‘सेल्फी किङ्ग’मा विपिनको लुक्स ‘जोकर’सँग मिलेको हो ?

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ४ गते ११:२३

माघको २४ गतेलाई प्रदर्शन मिति तय गर्दै सार्वजनिक भएको चलचित्र ‘सेल्फी किङ्ग’को पोष्टरले अहिले चर्चा पाइरहेको छ । चलचित्रको पोष्टरलाई लिएर सकारात्मक र नकारात्मक दुबै खालका टिप्पणी पनि भैरहेका छन् ।

विशेषगरि, चलचित्रको पोष्टरमा समावेश नायक विपिन कार्कीको लुक्सलाई लिएर नकारात्मक टिप्पणी बढी गरिएको छ । विपिनको लुक्स हलिउड चलचित्र ‘जोकर’का पात्रसँग मिलेको भनेर आलोचना बढी भएको छ । हलिउड चलचित्र ‘जोकर’ले विश्व बजारमा १ विलियन डलर भन्दा बढी कमाई गरिसकेको छ ।

चलचित्रको पोष्टर नक्कल गरिएको भन्ने आलोचना आएपछि यसका निर्माता दिनेश राउतले स्टाटस लेख्दै जवाफ दिएका छन् । उनले लेखेका छन्–‘चलचित्रमा कलाकार विपिन कार्की नेपाली कमेडी कलाकारको भूमिकामा छन् । यसअर्थमा फस्टलुक पोष्टरमा विपिन कार्की पनि हाम्रो कल्पनाको कमेडी पात्र बनाउन गरिएको कमेडी गेटअप अनी मेकअपमा छन् ।’

विशाल सापकोटाको निर्देशनमा तयार भएको यो चलचित्रको पोष्टर सार्वजनिक भएसँगै यसको चर्चा पनि सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?