Comments Add Comment

शौचालयमा मोबाइलको प्रयोग बन्न सक्छ पाइल्सको कारण

अहिले शौचालय जानेहरु साथमा मोबाइल छुटाउादैनन् । मानौ, मोबाइलमा भिडियो नहेरेसम्म, गेम नखेलेसम्म, फेसबुक नचलाएसम्म शौच क्रिया फत्ते हुादैन । जो-कोही शौचालय जानुअघि मोबाइल खोज्छन् ।

चिकित्सकहरु भन्छन्, शौचालयमा मोबाइलको प्रयोगले पायल्सको समस्या निम्त्याउन सक्छ ।

उनीहरुका अनुसार पाइल्स हुनुको एउटा प्रमुख कारण शौचालयमा मोबाइलको प्रयोग । हामी हिजोआज मोबाइलको प्रयोगमा यति लिप्त भएका छौं कि ट्वाइलेट जाँदा पनि यसको साथको आवश्यकता पर्न थालेको छ । तर धेरैलाई थाहा नुहन सक्छ, ट्वाइलेटमा मोबाइलको प्रयोग अत्यन्त हानीकारक हुन सक्छ । कसरी ?

मानिसहरु ट्वाइलेटमा मोबाइल चलाउने सुरमा अरु समयमा भन्दा तीन गुणा बढि समयसम्म बस्छन् । यसो गर्दा पाइल्स हुने खतरा बढि हुन्छ । त्यसैले ट्वाइलेट जाँदा मोबाइल साथमा लानु उपयुक्त हुादैन । मोबाइल मात्र होइन ट्वाइलेटमा पत्र-पत्रिका पनि पढ्नु हुँदैन । त्यस्तै कमोड भन्दा पाइन भएको शौचालयको प्रयोग गर्नु राम्रो हुन्छ ।

खराब जीवनशैलीले पायल्स

अहिलेको व्यस्त जीवनशैली, फास्ट फूड र शारीरिक गतिविधिमा कमी जस्ता कारणहरुले मानिसहरु पानी कम पिउन थालेका छन् । यसले मानिसहरु पहिला कब्जियत अनि पाइल्सको शिकार हुन थालेका छन् ।

पाइल्सको समस्याबाट मुक्ति पाउनको लागि मानिसहरु विभिन्न उपायहरु अपनाउँछन् । हिजोआज पाइल्सबाट मुक्ति दिन्छ भनेर बाटोमा गरिने उपचारदेखि झारफुकसम्मको विभिन्न उपायहरुमा मानिसहरु आँखा चिम्लिएर विश्वास गर्छन् । तर जब यी सबले कुनै असर गर्दैन र स्थिति नियन्त्रण भन्दा बाहिर भए पछि चिकित्सककहाँ पुग्छन्, तर त्यति बेला ढिला भैसकेको हुन्छ ।

त्यति मात्र होइन, गूगल सर्च र औषधी किनेर खाने अनि यो रोगलाई झन् बढाउनेहरुको संख्या दिन दिनै बढ्दै गएको छ । जसको कारण जुन व्यक्तिहरुको उपचार केवल औषधी खाएर हुन सक्थ्यो, उनीहरुलाई सर्जरी गर्नु परेको छ ।

चिकित्सकका अनुसार पहिलाको तुलनामा अहिले पाइल्सको समस्या धेरै व्यक्तिमा देखिन थालेको छ ।

गम्भीर भएपछि मात्र रोगको उपचार गर्न आउछन्

पाइल्स रोगको समस्या भएका व्यक्तिहरु जब यो रोगले धेरै च्याप्छ अथवा स्थिति गम्भीर हुन्छ अनि मात्र चिकित्सककहाँ जाने गरेको चिकित्सकहरु बताउँछन् । प्रायः बिरामीहरु शुरु-शुरुमा उनीहरु झारफुक, अयोग्य व्यक्तिको उपचारमा विश्वास गर्छन् ।

खानपानको असर

चिकित्सकहरुका अनुसार पाइल्स बढ्नुको कारण हाम्रो खानपान र जीवनशैलीमा परिर्वतन हुनु पनि हो । हिजोआज हामी फलफुल खानुभन्दा जुस पिउँछौं । जूसमा फाइबर हुँदैन । हाम्रो शरीरको आन्द्राको नलीमा केवल फाइबर र पानी मात्र जान्छ । फास्ट फूडको बढ्दो प्रयोग र शारीरिक गतिविधि कम हुनाले पानी कम प्यास लाग्छ र हामी पानी पिउन बिर्सन्छौं । जसका कारण कब्जियत हुँदै पाइल्स हुन थाल्छ । त्यसबाट बच्नका लागि फलफुल, तरकारी र धेरै पानी पिउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment