Comments Add Comment

अनिल कपुरका छोरामाथि तापसीको कडा प्रहार

नायिका तापसी पन्नु एकपछि अर्को चलचित्रको सफलताले दंग छिन् । बलिउडमा कथा विक्न थालेपछि उनी अहिले राम्रो कथा भएका चलचित्र छानिरहेकी छिन् । उनै, तापसी हालै मात्र नेहा धुपियाले संचलन गरिरहेको शोमा पुगिन् । उनलाई नेहाले प्रश्न गरिन्–‘त्यो कुन कलाकार होलान्, जसको बाबु–आमा चर्चित नभएको भए उनले चलचित्रमा काम पाउने थिएनन् ।’

नेहाको यो प्रश्नमा तापसीले नायक अनिल कपुरका छोरा हर्षवर्धनको नाम लिएकी छिन् । उनी भन्छिन्–‘मलाई हर्ष किन लाग्छ भने, उनको पहिलो चलचित्रलाई खासै राम्रो प्रतिक्रिया मिलेको थिएन । पहिलो चलचित्र नचलेको समयमा अरु कलाकार भएको भए काम पाउने थिएनन् ।’

तापसीले आफ्नो सबैभन्दा खराब को–स्टारको रुपमा नायिका ज्याकलिन फर्नान्डेज र नायक विक्की कौशलको नाम लिएकी छिन् । उनले भनिन्–‘ज्याकलिनले जुडवा २ मा आफ्नो हट बडी निकै नै शो गरिन् । म उनीसँग आफूलाई पनि उपस्थित गराउनका लागि निकै मिहिनेत गर्थेँ । म आफैसँग नलजाउँ भनेर सचेत पनि थिएँ ।’ उनले विक्की कौशल खराब लाग्नुको बारेमा भनिन्–‘म आफ्नो अभिनयलाई लिएर निकै नै डराएकी थिएँ । म कुनै पनि दृश्यमा कमजोर देखिन चाहदैनथ्यँ, किनकी विक्की निकै नै राम्रो कलाकार हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment