+
+
Shares

कञ्चनपुरबाट लागूऔषध चरेशसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ५ गते १५:२६

५ मंसिर, कञ्चनपुर । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी)ले ३ किलो ५ सय ग्राम लागूऔषध चरेशसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी नायब निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोलीले कञ्चनपुरको भिमदत्त नगरपालिका १४ सालघारीबाट बुधबार साँझ सो परिमाणको चरेशसहित भिमदत्त नगरपालिका-१८ बस्ने वीरेन्द्रबहादुर चन्द र दार्चुला मार्मा गाउँपालिका ३ का महेश विष्टलाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धनका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?