+
+
Shares

मोरङमा रुखबाट लडेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ५ गते १८:०९

५ मंसिर, काठमाडौं । रुखबाट लडेर मोरङमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको रतुवामाई नगरपालिका-५ आनन्द चोक बस्ने ५५ वर्षीय बालबोध राय रहेका छन् ।

खेतमा रहेको सफेदको रुखमा चढेर रुखको हाँगा झार्ने क्रममा बुधबार अचानक लड्दा उनको टाउको फुटेर मृत्यु भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले आवश्यक कानूनी प्रकृया पूरा गरी रायको शव पोष्टमार्टमको लागि कोशी अञ्चल अस्पताल विराटनगरमा पठाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?