Comments Add Comment

बुढेशकालमा मात्रै होइन उमेरमै लाग्न सक्छ दम

झट्ट हेर्दा दम एकै किसिमको देखिन्छ । तर, यसको पनि सिओपीडी, आस्मा जस्ता प्रकारहरु हुन्छन् । चुरोट, दाउराको धुवा, व्यावसायिक उत्पादनको धुलो (जस्तै, मार्वल, सिमेन्टको धुलो), रसायन केमिकलको धुलो इत्यादिद्वारा फोक्सोमा हुने स्थायी समस्यालाई दम  (सिओपिडी) भन्ने गरिन्छ । यो किसिमको दम वंशाणुगत रोग होइन । यो पूर्खाको जिनको कारण भन्दापनि आफ्नै जीवनकालमा गरेको व्यवहारका कारण हुने समस्या हो । यो समस्यालाई सामान्य रुपमा सावधानी अपनाउादा पनि यसबाट जोगिन सकिन्छ ।

धेरैलाई लाग्न सक्छ यो उमेर पुगेपछि हुने समस्या हो । तर, यो उमेरका कारण नभएर जीवनशैली र खराब व्यवहारमा कारणले हुने समस्या हो । यो ३० वर्ष भन्दा कम उमेरका मानिसहरुमा पनि समस्या देखिन सक्छ । ३० वर्षभन्दा मुनिकालाई दम हुनुमा एलर्जी मुख्य कारण हो । यस बाहेक उमेरमा खाने गरेको चुरोट, बिडी, हुक्का वा भान्साको धुवााले पनि बुढेशकालमा दमको समस्या हुने गर्छ ।

आज विश्व ओसिपीडी दम दिवस । विश्वभरका दम रोगीहरुलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ भन्ने जनचेतना जगाउनको लागि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइादैछ । नेपालमा पनि बिहीबार यो दिवस विविध कार्यक्रम गरी मनाईंदै छ । नेपालमा यति नै संख्यामा दम रोगीहरु छन् भनेर यकीन विवरण नभएपनि ३० देखि ३५ लाख जनासम्म बिरामी भएको अनुमान गरिएको छ । समयमा नै छाती रोग विशेषज्ञबाट उचित सल्लाह सुझाव पाउन नसकेका कारण धेरै मानिसहरु यसको शिकार हुनु परेको छ ।

डा. प्रकाश पौडेल

यो एक किसिमको नियन्त्रण गर्न सकिने रोग हो । सबैभन्दा पहिले यो बुढाबुढीलाई मात्रै लाग्ने रोग होइन भन्ने बुझाउन सकियो भने धेरैले यो रोगबाट मुक्ति पाउन सक्छन् ।

दमका लक्षणहरु

दम रोगको छुट्टै लक्षणहरु हुने गर्छ । सामान्यतयाः वायु प्रदूषण तथा एलर्जीका कारण हुने दम उपचारबाट निको पार्न सकिन्छ । दमको लक्षण खोकीबाट सुरु हुन्छ । सामान्य काम गर्दा पनि स्वाा-स्वाा हुने, राति सुत्दा अक्सिजनको कमी हुने, सुत्नेबेलामा सधैं अफ्टेरो महसुस भएर धेरै तकियाहरु राख्नुपर्ने, शरीर फुल्दै जाने, खुट्टा सुनिादै जाने जस्ता समस्याहरु दममा हुने गर्छ । खोकी लाग्दालाग्दै पनि त्यसको उपचारै नगरी, स्वाा-स्वाा हुने जस्ता समस्या देखिने गर्छ ।

हाछ्यूा आउने, घााटी खसखसाउने, नाक, कान, घााटी चिलाउने, नाक बन्द हुने, पानी जस्तो पातलो सिगान बग्ने, खोकी लाग्ने, स्वाा-स्वाा हुने, सास फेर्न कठिनाई हुने, छाती कसिने जस्ता लक्षणहरु देखिने गर्छ ।

दम रोगबाट कसरी बच्ने ?

दम रोगबाट बच्नको लागि छुट्टै किसिमको उपचार विधि अपनाउन सकिन्छ । यदि कसैलाई वायु प्रदूषण, मौसमी परिवर्तन लगायतका बाहृय कारणले दम रोग भएको देखिएमा सो मौसममा नियमित औषधि सेवन तथा निरन्तर उपचारबाट यो रोग पूर्णरुपमा निको पार्न सकिन्छ । तर, यदि उक्त व्यक्तिलाई वशांणुगत कारणले आस्थमा भएको छ भने चाहिा त्यो पूर्णरुपमा निको नहुन पनि सक्छ ।

यसबाहेक पनि जाडोमा हरेक समय न्यानो लुगा लगाउने र कोल्ड डि्रंक, आइस आदि खानु हुादैन । यस्तो हुादा घााटी दुख्ने र दमको समस्या हुने सम्भावना हुन्छ । त्यस्तै, पि|mजमा राखिएका खानेकुरा नखाने, चिसोमा सिरक ओढाएर सुत्ने,  बिहानबेलुका घरबाहिर ननिस्कने, रुखा, खोकी वा सासको समस्या देखिए तत्काल जचाउने, सकेसम्म धुलोबाट बच्ने, समयसमयमा एलर्जीको परीक्षण गरिरहने, सकेसम्म धुम्रपान नगर्ने र त्यस्तो ठाउामा नजाने, एयरटाइट गद्दा, बक्स स्पि्रङ र सिरानको उपयोग नगर्ने, दमको समस्या देखिनासाथ हड्बडाउने काम समेत गर्नु हुादैन ।

घरेलु उपाय के-के गर्न सकिन्छ ?

दमको घरेलु उपचारको लागि अदुवाको रस, अनारको रस र मह मिलाएर खान सकिन्छ । त्यस्तै, कागतीमा भिटामिन सी प्रशस्त पाइने भएकोले तातोपानीमा कागती निचोरेर खान सकिन्छ । अमलालाई कुटेर लेदो बनाई महसाग मिलाइ सेवन गर्न सकिन्छ । त्यस्तै, एक चम्चा महसाग आधा चम्चा दाल्चिनी र पाउडर मिलाई सुत्नुभन्दा अगाडि सेवन गर्न सकिन्छ । साथै, एक गिलास तातो दूधमा जैतुनको तेल र मह बराबर भाग मिलाइ लसुन चबाउदै बिहान खाजा अगाडि पिउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment