Comments Add Comment

जोन र उर्वशीको ‘पागलपन्थी’लाई खराब प्रतिक्रिया

आज शुक्रबारदेखि नयाँ बलिउड चलचित्र ‘पागलपन्थी’ रिलिज भएको छ । जोन अब्राहम, अनिल कपुर, पुलकित सम्राट, उर्वशी ढोलकिया, कृती खरबन्दा जस्ता कलाकारको अभिनय रहेको चलचित्रलाई लिएर दर्शकहरुमा उत्साह कम देखिएको छ ।

बलिउडका ट्रेडहरुले यसलाई निकै नै खराब चलचित्र भनेका छन् । भारतमा समेत चलचित्रको एडभान्स बुकिङ खराब छ । बिहानी शोमा पनि दर्शकको उपस्थिती कमजोर देखिएको छ ।

चलचित्रको गीतसंगीत र ट्रेलरले दर्शकमा कुनै उत्साह जनाउन नसकेपछि बक्स अफिस कमजोर हुने देखिएको हो । समिक्षक र दर्शकको खराब प्रतिक्रियाको असर चलचित्रको बक्सअ अफिसमा पर्ने निश्चित छ ।

नायक जोन अब्राहिम पछिल्लो समय राष्ट्रियताको कथामा बनेका चलचित्रमा बढी केन्द्रित छन् । तर, यसपटक भने उनले कमेडी जनराको कथामा काम गरेका छन् । तर, उनका लागि आफ्नो रोजाई नै गलत साबित हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment