Comments Add Comment

टी १० मा आज पारस भर्सेस सन्दीप !

६ मंसिर, काठमाडौं  ।  युएईमा भइरहेको  अबुधाबी टी १० लिगमा  शुक्रबार नेपाली खेलाडी पारस खड्का र सन्दीप लामिछाने आवद्ध क्लबबीच खेल हुँदैछ । सुपर लिगका तीन खेलमध्ये नेपाली खेलाडी रहेको टीम आबुधाबी र कर्नाटका टस्कर्सबीच अन्तिम खेल  हुनेछ।

नेपाली खेलाडी पारस खड्का आबुधाबी र सन्दीप लामिछाने टस्कर्सबाट खेलिरहेका छन् । अबुधाबीको  सेख जायद क्रिकेट स्टेडियममा हुने उक्त खेल नेपाली समयअनुसार राति पौने दश बजे शुरु हुनेछ ।

सन्दीपले अहिलेसम्म पाँच खेल खेलिसकेका छन् । जसमा उनले ६ विकेट लिएका छन् । पारसले भने शुरुको दुई खेल मात्र खेल्ने अवसर पाएका थिए । जसमा उनले ४ रन मात्र बनाएका छन् । दुवैमा पारस नटआउट रहेका थिए । त्यसपछि पारसले पहिलो रोजाईमा खेल्न पाएका छैनन् । सन्दीपले भने अहिलेसम्म टस्कर्सले खेलेको सबै ५ खेल खेलेका छन् ।

प्लेअफमा स्थान बनाउन दुवै टीमका लागि शुक्रबारको खेल महत्वपूर्ण छ । सुपर लिगमा ८ टिम रहेकोमा पारसको टिम आबुधाबी ५ खेलबाट ४ अंकसहित छैठौं स्थानमा छ । यस्तै समान खेलबाट सन्दीपको टिमको ३ अंक छ र अंकतालिकामा पुछारमा छ ।

५ खेलबाट ७ अंकसहित मराठा अरेबियन्स शीर्ष स्थानमा छ । ५ खेलबाट ७ अंक नै रहेको बंगलाद टाइगर्स रनरेटमा पछि पर्दै दोस्रोमा छ । यी दुई क्लबबीच पनि शुक्रबार खेल हुँदैछ । यस्तै दिल्ली बुल्स र कलन्दर्सबीच पनि शुक्रबार खेल हुनेछ । कलन्दर्स ५ खेलबाट ५ अंसहित पाँचौ स्थानमा छ भने ५ खेलबाट ३ अंक रहेको दिल्ली सातौं स्थानमा छ ।

सुपर लिगमा शीर्ष चारमा रहने टिम प्लेअफमा प्रवेश गर्नेछन् । जसमा पहिलो र दोस्रो हुनेले क्वालिफायर खेल्नेछ र जित्ने  टिम सिधै फाइनल पुग्नेछ । यस्तै तेस्रो र चौथो हुने टिमबीच एलिमिनेटर हुनेछ । यस खेलको विजेताले क्वालिफायरमा पराजित हुने टिमसंग फाइनल प्रवेशका लागि दोस्रो एलिमिनेटर खेल्नेछ भने हार्ने टिम बाहिरिनेछ ।

अ‌ंक तालिका

अराठा अरेबियन्स ७ अंक
बंगला टाइगर्स ७ अंक
डेक्कन ग्लाडिएटर्स ७ अंक
नर्दन वारियर्स ६ अंक
कलन्दर्स ५ अंक
आबुधाबी ४ अंक
दिल्ली बुल्स ३ अंक
कर्नाटका टस्कर्स ३ अंक

आजको खेल नेपाली समयअनुसार

दिल्ली बुल्स भर्सेस कलन्दर्स : बेलुका सवा ५ बजे

बंगला टाइगर्स भर्सेस मराठा अरेबियन्स बेलुका साढे ७ बजे

कर्नाटका टस्कर्स भर्सेस टिम आबुधाबी राती पौने १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment