+
+
Shares

बलात्कार आरोपमा विद्यार्थी नेता थुनामा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ६ गते १६:४२

६ मंसिर, काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राईलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले राईलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

आरआर कलेजका स्ववियू सह–सचिव एवं अनेरास्वियूका केन्द्रीय सदस्य रहेका उनी १२ कात्तिकमा पक्राउ परेका थिए ।

अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार सुन्धारा लगिएको महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी रमेशबहादुर सिंहले अनलाइनखबरलाई बताए ।

राईमाथि देउसी खेल्न भनेर बोलाएर साथीको बहिनीलाई बलात्कार गरेको आरोप थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?