Comments Add Comment

ब्राइडल मेकअप : जरुरी छ यी कुरा

मंसिर महिना लागेसँगै गाउँ-शहरमा विवाहको रमझम प्रारम्भ भएको छ । विवाहका बाजाहरु बज्न थालिसकेका छन् भने सडकमा जन्तीको लस्कर समेत देखिन थालेको छ । मंसिर महिनाबाटै जाडो पनि प्रारम्भ हुने भएकाले विवाह र जाडो मौसमबीच बडो रमाइलो सम्बन्ध हुने गर्दछ ।

जाडोको आगमनसँगै मंसिर महिनामा धेरैको लगनगाँठो पनि बाँधिन्छ । मंसिर महिना भन्ना साथ दुई वटा कुराहरुको सम्झना आउन थाल्छ । एउटा जाडो र अर्को विवाह । विवाहको मौसममा रमाउन पाउँदा जो कोहिलाई पनि खुशी त लाग्छ । तर, यो जाडोको मौसममा दुलहीलाई सुन्दर बनाउनका लागि गरिने मेकअप अति नै चुनौतीपूर्ण हुन्छ ।

जसरी दुलहीले गर्मी मौसममा रंगहरुसँग एक्सपेरिमेन्ट गर्न सक्छिन् । त्यो जाडोमा मेकअपका रंगहरुसँग खेल्न अति नै कठिन हुन्छ । वास्तवमा जाडोमा थोरै रंगहरु हुन्छन् । जुन ट्रेन्ड र वातावरणको हिसावले राम्रो लाग्छ । आफ्नो विन्टर वेडिङलाई अविस्मरणीय बनाउनका लागि यहाँ त्यस्ता केही जानकारीहरु प्रस्तुत गरिएको छ । जसलाई अपनाएर तपाईं परफेक्ट ब्राइडल (उत्कृष्ट दुलही) देखिन सक्नुहुन्छ ।

जाडो मौसममा सुन्दरतालाई यथावत राख्नु चुनौतीपूर्ण हुनसक्छ । विशेष गरेर विन्टर ब्राइडहरुका लागि यो कुरा अत्यन्त चुनौतीको विषय हुन्छ । कुन रंग सिजनको हिसाबले मेल खान्छ र कस्तो प्रकारको लुकलाई अपनाउने ? यस्ता प्रश्नहरु हरेक दुलहीको मनमा उत्पन्न हुन्छ । जसको जवाफ यस्तो हुनसक्छ ।

आँखामा केन्द्रित हुनु

जाडो मौसममा डिफाइन्ड आई मेकअपको चलन अत्यधिक छ । यसमा आँखाले नै मुख्य आकर्षणको काम गर्छ । कुनै पनि दुलहीलाई सुन्दर देखाउनका लागि यस प्रकारको मेकअप गरिन्छ । जाडोमा तपाईं आफ्नो स्किन शो गर्न सक्नुहुन्न । त्यसैले आफ्नो भावी श्रीमान्लाई आफूतिर आकषिर्त गर्नको लागि आँखालाई कामुक देखिने गरी मेकअप गर्नु सबै भन्दा राम्रो तरिका हो । सेक्सी आई मेकअप गरेर तपाईं आफ्नो पार्टनरको ध्यान आफूतिर आकषिर्त गर्न सक्नुहुन्छ । ड्रामेटिक आई मेकअपले तपाईंलाई सेक्सी देखाउन सहयोग पुर्‍याउँछ ।

डार्क सेड

जाडो मौसममा गाढा सेड अति नै आकषिर्त देखिन्छ । यदि तपाईं पनि विवाह गर्दै हुनुहुन्छ भने कलेजी अथवा गाढा निलो रंग जस्ता सेडहरुको छनौट गर्नुपर्छ । यही रंगको लेहेंगामा मेल खाने लिपस्टिकसँग कम्बाइन गर्दा तपाईंको सुन्दरतामा सुनमा सुगन्ध भरिन्छ । त्यस्तै आईमेकअपमा गोल्डेन अथवा कपर कलरको आइस्याडो कुनै पनि लेहेंगासंग सजिलै मेल खान्छ । जसले तपाईलाई अरु भन्दा भिन्दै देखाउन सहयोग गर्छ ।

हेयर स्टाइल

राम्रोसँग सेट गरिएको हेयर स्टाइलले तपाईंको व्यक्तित्वलाई सबैको सामु बढाइदिन्छ । हेयर स्टाइलिङ गरेपछि तपाईंको कपाल रुखो देखिएको छ कि भन्ने कुरा सुनिश्चित गर्नु पर्छ । हेयर सिरमको सहायताले हेयर स्टाइललाई ग्लसी बनाउनुपर्छ । यसरी तपाईं पूर्णरुपमा सुन्दर र आकर्षक देखिन सक्नुहुन्छ ।

फेयरी टेल लुक

दागरहित छाला सबैलाई मनपर्छ । आफ्नो लुकलाई परिहरुको जस्तो बनाउने कोसिस गर्नेक्रममा अनुहारको छालाको सेतोपना अथवा गोरोपनालाई ध्यान दिनुपर्छ । यसले तपाईंको मेकअप लुक निकै नै प्राकृतिक देखिन्छ र विन्टर ब्राइडको हिसाबले तपाईं अति नै राम्री देखिनु हुनेछ । स्नो हृवाइट जस्तो लुक पाउन चाहनुहुन्छ भने तपाईंले आफ्नो आँखालाई डिफाइन गर्दै केवल ओठहरुलाई मात्र हाइलाइट गर्नुपर्छ । ध्यान राख्नु पर्ने कुरा के छ भने ओठहरुलाई हाइलाइट गर्नका लागि कुनै डार्क सेट जस्तो कि चेरी रेड कलर नै प्रयोग गर्नुपर्छ । विवाहको दिन सबैभन्दा थकानले भरिएको दिन हुन्छ । त्यसैले आफ्नो अनुहारको ग्लोलाई कायम राख्नका लागि इल्युमिनाइजरको प्रयोग गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment