Comments Add Comment

‘गेट वे अफ नेपाल’ सफाईमा ब्रुमर र दमकल

७ मंसिर, वीरगञ्ज । ‘गेट वे अफ नेपाल’ भनिरे चिनिने मुख्य नाका वीरगञ्जमा सरसफाई गरिएको छ ।

शंकराचार्य गेट र आसपासको क्षेत्रमा शनिबार बिहान सरसफाई गरिएको हो । वीरगञ्जका युवाहरु आवद्ध ‘भोलुन्टर’ नामक समूहको आव्हानमा सरसफाई कार्यक्रम राखिएको थियो, जसमा वीरगञ्ज महानगरपालिकाले पनि साथ दियो ।

महानगरपालिकालेसफाईका लागि बु्रमर, दमकलसहित केहि सरसफाईकर्मी पठाएको थियो । सरसफाईका क्रममा सडकमा फालिएको प्लाष्टिक टिपिएको छ । पानी हालेर धुलो नउड्ने बनाइएको छ ।

यसअघि नाका प्रदुषित र दुर्गन्धित थियो ।

शंकराचार्य गेटदेखि मितेरी पुलसम्मको सडक जीर्ण हुनुको साथै वीरगञ्ज महानगरपालिकाले सडक र सिर्सिया नदीको किनारमा फोहोर फाल्दै आएको थियो ।

भोलुन्टर ग्रुपका संयोजक राजन श्रीवास्तवले दुई साताको मेहनतपछि नाकाको अवस्थामा केहि सुधार आएको बताएका छन् । महागरपालिकाले सडक किनारमा फोहोर नगर्ने र नियमित सफाई गर्ने आश्वासन दिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment