Comments Add Comment

पाकिस्तानले जित्यो इमर्जिङ टिम्स एसिया कपको उपाधि

७ मंसिर, काठमाडौं । आयोजक बंगलादेशलाई ७७ रनले हराउँदै पाकिस्तानले इमर्जिङ टिम्स एसिया कपको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा पाकिस्तानलेे घरेलु टोलीलाई ३०२ रनको लक्ष्य दिएको थियो । तर उसले ४३.३ ओभरमा सबै विकेट गुमाश्एर २२४ रन मात्र बनाउन सक्यो । उसका लागि अफिफ हुसेन ध्रुबोले ४९ रन बनाए भने मेहदी हसनले ४२ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानको पनि सुरुवात राम्रो थिएन । ४१ रन जोड्दा दुई विकेट गुमाइसकेको थियो । तर रोहेल नजीर र इमरान रफीकले पारी सम्हाले । दुबैले तेस्रो विकेटका लागि ११७ रनको साझेदारी गरे ।

रफीक ६२ रनमा आउट भए । त्यसपछि नजीरले सउद सकिलसँग ८५ रनको साझेदारी गरेपछि पाकिस्तान विसाल योगफलतर्फ उन्मुख भएको थियो ।
नजीरले ११३ रन बनाए भने सकिलले ४२ रज जोडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment