Comments Add Comment

नेपालगञ्ज म्याराथनको उपाधि साउदलाई

७ मंसिर, नेपालगञ्ज । पाँचौ नेपालगञ्ज म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका नवराज साउदले जितेका छन् ।

उनले निर्धारित ४२ किलो मिटरको दूरी २ घण्टा २५ मिनेट ४२ सेकेन्डमा पार गर्दै ६५ हजारसहित उपाधि जितेका हुन् । २ घण्टा २५ मिनेट ५८ सेकेन्डमा दुरी पूरा गर्दै खगेन्द्र भाट दोस्रो भए । तेस्रो भएका राजेन्ऽ राउतले २ घण्टा २९ मिनेट १४ सेकेन्डमा दुरी पूरा गरेका थिए ।

महिला हाफ म्याराथनको उपाधि आर्मीकै पूर्णलक्ष्मी न्यौपानेले जितिन् । उनले २१ किलोमिटरको दुरी १ घण्टा ३० मिनेट २१ सेकेन्डमा पूरा गर्दै ४० हजार रुपैयाँ हात पारेकी हुन् । दोस्रो भएकी जुम्लाका राममाया बुढाले १ घण्टा ३० मिनेट ५८ सेकेन्डमा दुरी पुरा गरिन् भने सशस्त्र प्रहरी बल (एपीएफ)का कृष्णसोरी सिन्तकला तेस्रो भइन् ।

पुरुष १० किलोमिटर खुलातर्फ अजितकुमार यादव पहिले भए । उनले ३१ मिनेट ४० सेकेन्डमा दुरी पुरा गरे । रामजी बस्नेतले ३२ मिनेट २० सेकेन्ड तथा सन्तोषविक्रम विष्टले ३२ मिनेट २४ सेकेन्डमा दौड पूरा गरे ।

महिला ५ किलोमिटरमा काजल विष्टले १८ मिनेट ४५ सेकेन्डमा दुरी पूरा गर्दै पहिलो स्थान हात पारिन् । जुनेली सुनार दोस्रो र कल्पना थारुले तेस्रो भइन् । ५ किलोमिटर छात्रमा केशर मास्के, छात्रा ३ किलोमिटर दौडमा सिमा चौधरी पहिलो हुँदा २ किलोमिटर कर्पोरेट दौडमा केशव वीसीर ट्राइसाइकल दौडमा यज्ञ बहादुर खत्री र किड्स रनमा मोडल एकेडेमी पहिलो भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment