Comments Add Comment

बार्सिलोनाको पुनरागमन जित

काठमाडौं । स्पानिस ला लिगामा लिग लिडर बार्सिलोनाले लेगानेसविरुद्ध पुनरागमन जित हात पारेको छ ।

शनिबार भएको खेलमा बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै लेगानेसलाई २-१ ले हरायो ।

घरेलु मैदानमा युसुड्ड एल-नेस्रीले १२औं मिनेटमा गोल गर्दै लेगानेसलाई अग्रता दिलाएको थियो । पहिलो हाफमा लेगानेसले अग्रतालाई कायम राख्यो ।

तर दोस्रो हाफमा बार्सिलोनाले पुनरागमन गर्द दुई गोल फर्कायो र तीन अंक जोड्यो । ५३औं मिनेटमा लुइस स्वारेेजले बार्सिलोनाका लागि बराबरी गोल गरेका थिए ।

यस्तै वैकल्पिक खेलाडीले अर्टुरो भिदालले ७९औं मिनेटमा गरेको गोल बार्सिलोनाको जितमा निणर्ायक बन्यो । भिदाल ५७औं मिनेटमा एन्टोनी गि्रजमनको स्थानमा मैदान प्रवेश गरेका थिए ।

यो जितसँगै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल मडि्रडसँग ३ अंकको स्पष्ट अष्रता बनाएको छ । बार्सिलोनाको १३ खेलबाट २८ अंक छ । एक खेल कम खेलेको रियलको २५ अंक छ । रियल मडि्रडले आज राति रियल सोसिडाडसँग खेल्दैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment