Comments Add Comment

‘दि भ्वाइस’को उत्कृष्ट ८ मा को–को पुगे ?

हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन २’ ले उत्कृष्ट ८ प्रतियोगी पाएको छ । प्रशारण भएको ३० औं एपिसोडमा पुगेपछि उत्कृष्ट ८ प्रतियोगी छनोट भएका हुन् । अब, चार कोचको टिममा २–२ जना प्रतियोगीत रहेका छन् ।

यसअघि भएको ‘नकआउट राउण्ड’बाट प्रत्येक कोचले आफ्नो टिममा ३ प्रतियोगी पाएका थिए । हाल प्रशारण भइरहेको ’लाइभ शो’मा दर्शकले दिएको भोटिङको आधारमा प्रत्येक टिमबाट एक–एक जना प्रतियोगी बाहिरिएका छन् ।

बाहिरिनेहरुमा दीप श्रेष्ठको टिमबाट रजनी रिदम राई, राजु लामाको टिमबाट अन्जु राना मगर, प्रमोद खरेलको टिमबाट बल बहादुर राजवंशी, आस्था राउतको टिमबाट शशिका राई बाहिरिए ।

अब भने टिम दिपमा विकास लिम्बु र संजय महत बाँकी छन् । यस्तै, टिम राजुमा गीता शर्मा र शनिश श्रेष्ठले आफूलाई सुरक्षित गर्न सकेका छन् । टिम प्रमोदबाट दर्शकले दिएको भोटको आधारमा राम लिम्बु र मेचु धिमाल सुरक्षित भए भने टिम आस्थाबाट यांकी ह्याल्मो र आरिफ राउफ सुरक्षित छन् ।

। आगमी शुक्रबार भने ४ जना प्रतियोगीहरु एकसाथ बाहिरने छन् । प्रत्येक टिमबाट एक–एक जना बाहिरिएसँगै हरेक कोचले आफ्नो टप १ प्रतियोगी पाउनेछन् ।

‘दि भ्वाइस अफ नेपाल’को पहिलो सिजनमा टिम दिपबाट सीडी विजय अधिकारीले टाइटल जितेका थिए । सिजन २ को प्रतिस्पर्धा पनि रोचक अवस्थामा पुगेको छ । दर्शकलाई भने यसपटकको ‘दि भ्वाइस अफ नेपाल’ कसले जित्ला भन्ने उत्सुकता सुरु भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment