 
																			८ मंसिर, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले सरकारले दोस्रो पटक दिएको निर्धारित समयभित्र शुल्क समायोजन गरी कार्यान्वयन गर्न मेडिकल कलेजहरुसँग आग्रह गरेको छ ।
अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले संयुक्त रुपमा आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले दोस्रो पटक दिएको १५ दिनको समयभित्र सहमतिको कार्यान्वयन नगरिए मेडिकल कलेजहरुको एफिलेशन खारेज गर्न, अध्ययनरत विद्यार्थीको व्यवस्थापन गर्न, निर्धारितभन्दा बढी शुल्क लिने कलेज सञ्चालकलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाउन सरकारलाई आग्रह गरिएको छ ।
निरन्तर खबरदारी र दबाब दिँदा पनि मेडिकल कलेजले सहमति कार्यान्वयन नगरे अनेरास्ववियु कडा आन्दोलनमा उत्रिने जारी विज्ञप्तिमा उल्लेख छ ।
युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेजमा भइरहेको शान्तिपूर्ण आन्दोलनरत विद्यार्थीमाथि गरिएको दमनको भत्र्सना गर्दै विद्यार्थीहरुको आन्दोलनप्रति अनेरास्ववियुले एक्यवद्धता समेत जनाएको छ ।
शान्तिपूर्ण आन्दोलन र धर्नामा रहेका विद्यार्थीहरुमाथि गरिएको हातपात, होस्टलमा बस्न रोक लगाइएको घट्नाप्रति अनेरास्ववियुले गम्भीर ध्यानाकार्षण भएको भन्दै विद्यार्थीको जीवनको सुरक्षाको प्रबन्ध मिलाउन कलेज प्रशासनलाई आग्रह समेत गरेको छ ।

 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4