Comments Add Comment

बर्दियाबाट विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ

८ मंसीर, बर्दिया । प्रहरीले बर्दियाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कालीकोट जिल्ला खाडाचक्रमणि नगरपालिका–२ स्थायी घर भई बर्दियाको बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीका २८ वर्षीय रमेश विक र सोही ठाउँ बस्ने २७ वर्षीय सन्जु चौधरी रहेका छन् ।

विशेष सुराकीको आधारमा उनीहरुलाई शनिबार राति पक्राउ गरेको बर्दिया प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जना विप्लव समूहका जिल्ला सदस्य भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment