+
+
Shares

सुदूरपश्चिममा २० गतेदेखि वित्तीय सम्मेलन

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ८ गते १०:१८

८ मंसिर, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आगामी २० गते वित्तीय सम्मेलन आयोजना हुने भएको छ ।

वित्तीय पहुँचवृद्धिका लागि सचेतनामार्फत् प्रदेशमा आर्थिक क्रियाकलाप बढाई आर्थिक विकास गर्ने लक्ष्यले पहिलो पटक वित्तीय सम्मेलन आयोजना गर्न लागिएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले जानकारी दिए ।

सम्मेलन प्रदेश सरकार आफैंले आयोजना गर्न लागेको हो । अहिले सम्मेलनको तयारीलाई तीव्र बनाइएको मन्त्री रावलले बताए । ‘पहिलो पटक आयोजना गर्न लागिएको सम्मेलन सफल बनाउनु पर्नेछ, अहिले हामीले तयारी तीव्र बनाएका छौं’ अनलाइनखबरसँग उनले भने, ‘केही दिनयता म काठमाडौंमै छु, धेरै काम सकियो, अब भोलि धनगढी जानेछु ।’

सुदूरपश्चिम प्रदेशमा लगानीयोग्य वातावरण निर्माण गर्दै लगानीकर्तालाई आकर्षित गराउन लागनी सम्मेलन गर्ने प्रदेश सरकारको नीति छ । वित्तीय सम्मेलनमा बैंक तथा वित्तीय संस्थाका पदाधिकारी, राजनीतिक दलका नेता, उद्योगी व्यवसायी, स्थानीय तहका प्रमुख तथा अन्य सरोकारवालाको सहभागिता रहने जनाइएको छ ।

यो प्रदेशका ८८ मध्ये ८४ वटा स्थानीय तहमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार भइसकेको छ । पहाडी क्षेत्रको बझाङ र बाजुराका चार पालिकामा सो बैंकको पहुँच पुग्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?