Comments Add Comment

‘म यस्तो गीत गाउँछु २’मा ‘दि भ्वाइस’का सनिशको आवाज

‘दि भ्वाइस अफ नेपाल’ अहिले अन्तिम चरणमा पुगेको छ । अहिले ४ जना कोचसँग २ प्रतिस्पर्धी बाँकी छन् । ‘दि भ्वाइस अफ नेपाल’को दोश्रो सिजनमा दर्शकदेखि नेपाली चलचित्रकर्मीको आवाजमा परेका एक प्रतिस्पर्धी हुन्, सनिश श्रेष्ठ । उनी, कोच राजुको टिममा छन् ।

उनै, सनिशले हाल छायांकनमा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा आवाज भर्ने पक्का भएको छ । अर्जुन पोखरेलको संगीतमा तयार भएको एक गीतमा सनिशले स्वर भर्ने पक्का भएको हो । ‘म यस्तो गीत गाउँछु २’को छायांकन ‘दि भ्वाइस अफ नेपाल’को स्टूडियोमा भैरहेको छ ।

सोही स्टूडियोमा पुगेका सनिशसँग निर्माण टिमले संझौता गरेको हो । संगीतका पोखरेलले केही दिनमै सनिशले गीत रेकडिङ गर्ने जानकारी दिए । अर्जुनले भने–‘हामी यस्ता रियालिटी शोमा पनि फरक खालको आवाज खोजिरहेका हुन्छौ । सनिशको आवाज फरक छ । हामीले चलचित्रका लागि तयार पारेको गीतका लागि उनको आवाज फिट छ । यसैले, उनको स्वर राख्ने निर्णय गरेका हौ ।’

सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रको छायांकन आजबाट सकिनेछ । चलचित्रमा नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिका छ । सांगीतिक प्रेमकथामा निर्माण भैरहेको चलचित्रलाई फागुणको २३ गतेबाट रिलिज हुँदैछ ।

सनिशले नायक पल शाहको लागि आवाज दिनेछन् । ‘दि भ्वाइस अफ नेपाल’को दोश्रो सिजन नसकिदै सनिशले आशा गरिएको चलचित्रमा स्वर दिने अवसर पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment