Comments Add Comment

नेपाली उत्पादनको प्याकेजमा भ्रमण वर्षको लोगो

९ मंसिर, काठमाडौं । नेपालमा उत्पादन हुने बस्तुको प्याकेजिङमा नेपाल भ्रमण वर्ष २०२० को लोगो राखिने भएको छ । भ्रमण वर्ष मूल आयोजक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

समितिका संयोजक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राखेको उक्त प्रस्तावलाई समितिका सदस्यहरुले समर्थन गरेका छन् । यससँगै अब नेपालमा उत्पादन हुने सबै वस्तु तथा सामानको प्याकेजमा भ्रमण वर्षको लोगो अंकित हुने भएको हो ।

बैठकले सबै एयरलाइन्स र सवारी साधनले समेत आफ्नो सवारी साधनमा भ्रमण वर्षको लोगो राख्न आग्रह गर्ने भएको छ । त्यसका लागि आवश्यक स्टीकर तथा सामग्रीहरु नेपाल पर्यटन बोर्ड र भ्रमण वर्ष सचिवालयले उपलब्ध गराउने भएका छन् ।

पुरातात्विक महत्वका क्षेत्र र स्थानलाई रंगरोगन गरी लाइटिङको काम पनि अब शुरु गरिने भएको छ । पुरातात्विक महत्व नबिग्रने गरी रंगरोगन तथा आकर्षक लाइटले सजाउन मन्त्री भट्टराईले निर्देशन दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

धपक्क दशरथ रंगशाला

Advertisment