+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको दबाव दिन वीरगञ्जमा चन्दा संकलन

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ९ गते १९:४४

९ मंसिर, वीरगञ्ज । समाजवादी पार्टी नेपाल सर्मथित समाजवादी विद्यार्थी युनियनले वीरगञ्जमा चन्दा संकलन सुरु गरेको छ ।

नेशनल मेडिकल कलेजमा विद्यार्थी कुटपिट गर्नेहरुलाई कारबाही नगर्ने जिल्लाका जिम्मेवार प्रमुख व्यक्तिहरुलाई दिन सोमबारबाट चन्दा संकलन सुरु गरिएको युनियनले जनाएको छ । उनीहरुले सोमबार पहिलो दिनमै १२ हजार १३ रुपैयाँ संकलन गरेका छन् ।

अतिरिक्त शुल्क फिर्ताको माग राखेर नेशनल मेडिकल कलेजका १८ औं व्याचका विद्यार्थी आन्दोलनमा छन् । कलेज व्यवस्थापनले सिनियर विद्यार्थी उचालेर र बाहिरका मानिस समेत लगाएर उनीहरुमाथि पटक पटक कुटपिट हुँदा समेत कारबाही नभएपछि दबाव दिने उदेश्यका साथ चन्दा संकलन सुरु गरिएको युनियनले जनाएको छ ।

काजु, किसमिस, बदाम, सुट र बोतलबन्द मदिरा लिएर मेडिकल कलेजले मनोमानी गरिरहँदा समेत कारबाही नगर्ने जिल्लाका केही प्रमुख व्यक्तिलाई सोही सामान खरिद गरेर दिन चन्दा संकलन गरिएको समाजवादी विद्यार्थी युनियनले जनाएको छ । कलेजसँग सोही सामाग्री लिएर आन्दोलनरत विद्यार्थीलाई कुटपिट गर्नेलाई कारबाही नगरेको आभास भएपछि आफूहरुले जिल्लाका प्रमुख व्यक्तिलाई सोही सामाग्री बुझाउन चन्दा संकलन गरेको युनियनका सचिव सुजित गिरीले बताए ।

‘मेडिकल कलेजसँग बोतलबन्द मदिरा, सुट, काजु किसमिस लिएर जिल्लाका प्रमुख व्यक्तिहरुले कारबाही नगरेको सूचना हामीले पाएका छौं,’ उनले भने, ‘हामीले पनि चन्दा संकलन गरेर उनीहरुलाई तिनै सामाग्री बुझाएर कारबाही गर्न दबाव दिन्छौं ।’

त्यसअघि उनीहरुले मेडिकल माफिया मुर्दावाद, विद्यार्थीमाथि कुटपिट गर्नेलाई कारबाही गर लगायत नारा लेखिएको प्ले कार्डसहित घण्टाघरमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा नेवि संघको विकास तिवारी समूहले पनि साथ दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?