Comments Add Comment

एकल बिन्दु सेवा केन्द्रबाट १७९ उद्योग दर्ता

९ मंसिर, काठमाडौं । उद्योगीहरुलाई एउटै छानोमुनि धेरै सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको एकल बिन्दू सेवा केन्द्रबाट सात महिनाभित्र १७९ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभाग परिसरमा जेठ १ गतेदेखि सञ्चालनमा आएको केन्द्रबाट मासिक औसत २५ वटा उद्योगहरु दर्ता हुने गरेको विभागले जनाएको छ ।

केन्द्रबाट उद्योग दर्ता, पूर्वाधार सहजीकरण, प्रशासन तथा कानुनी सहयोग, जग्गा सहजीकरण, भन्सार तथा राजश्व वातावरण प्रभाव मुल्यांकन, विदेशी विनिमय तथा भिसा सहजीकरण, विदेशी लगानी तथा प्रविधि हस्तान्तरणको कार्यसम्पादन हुँदै आएको छ । यस अवधिमा १८३ विदेशी लगानी स्वीकृत भएको तथा २१० वटा व्यवसायीक भिषा सिफारिस भएको विभागले जनाएको छ ।

यस्तै केन्द्रबाट ३६ वटा प्यान दर्ता र एक्जीम कोड सिफारिस ११२ वटा भएको छ । यस अवधिमा जग्गा सहजीकरण ३ वटा, वातावरण प्रभाव मूल्यांकन ३१ वटा भएको विभागका निर्देशक एवं प्रवक्ता विनोद खड्काले जनाकारी दिए ।

एकल बिन्दु सेवा केन्द्रमा विभिन्न मन्त्रालय तथा निकायबाट खटिएका इकाइका प्रमुुखहरुको अधिकार प्रत्यायोजन सकिएको छ । केन्द्रमा रहने ९ मध्ये ८ वटा एकाईको दरबन्दी पूरा भएको विभागले जनाएको छ । पूर्वाधार इकाइमा भने इन्जिनियरको दरबन्दी थप हुन बाँकी रहेको प्रवक्ता खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment