+

‘सेन्ट्रल जोन विजेता महिला भलिबल टोलीलाई सरकारले नगद प्रदान गर्ने

२०७६ मंसिर  १० गते ८:५१ २०७६ मंसिर १० गते ८:५१
‘सेन्ट्रल जोन विजेता महिला भलिबल टोलीलाई सरकारले नगद प्रदान गर्ने

काठमाडौं । बंगलादेशमा भएको एभिसी एसियन सिनियर सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपमा स्वर्ण जितेको नेपाली महिला भलिबल टोलीलाई सरकारले मंगलवार नगद प्रदान गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवालले ऐतिहासिक पदक जित्न सफल महिला भलिबल टोलीलाई सरकारले मंगलबार सम्मानित गर्न लागको जानकारी दिए।

मंसिर १५ देखि हुने १३औं दक्षिण एसियाली खेलकुद सागको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले मंगलावलार सम्पूर्ण खेलाडी प्रशिक्षक व्यवस्थापक अफिसिलयहरुलाई सम्बोधन गर्दैछन्। त्यसै अवसरमा सरकारले खेलाडीलाई नगद पुरस्कार दिन लागेको हो।

मंगलबार बिहान ११ बजे प्रधानमन्त्रीले १३औं सागमा सहभागी हुने खेलाडी, व्यवस्थापक प्रशिक्षकलाई सम्बोधन गर्ने कार्यक्रम छ। नेपाली खेलाडीको लागि विशेष प्याकेज घोषणा हुन्छ। १३ औं साग आयोजक समितिका संयोजकसमेत रहेका सिलवालले भने। यस्तै सेन्ट्रल जोन विजेता टोलीलाई नगद पुरस्कार पनि प्रदान गरिनेछ।

सदस्यसचिव सिलवालले ऐतिहासिक स्वर्ण जितेर पर्किएको महिला टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको क्रममा नगद पुरसकार घोषणा गरेका थिए। उनले टोलीका प्रत्येक सदस्यलाई ३–३ लाख दिन सरकारसँग पहल गर्ने बताएका थिए। त्यसैस्वरूप सरकारले नगद प्रदान गर्न लागेको हो। टवलीमा १२ खेलाडी, ३ प्रशिक्षक र १ व्यवस्थापक थिए।

बंगलादेशमा भएको सेन्ट्रल जोनमा स्वर्ण जित्दै इतिहास रचेको महिला टोली अहिले घरेलु कोर्टमा हुने सागमा पनि स्वर्ण जित्ने लक्ष्यका साथ तयारी गरिरहेको छ। भलिबल खेल सागको उद्घाटन अघि नै सुरु हुनेछ । महिला र पुरुष दुवैतर्फको खेलहरू मंसिर ११ देखि सुरु हुनेछ।

नेपाली टोली:

अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, कमला पुन, रेश्मा भण्डारी, उषा विष्ट, सलिना श्रेष्ठ, सुनिता खड्का, निरुता ठगुन्ना, पुनम चन्द, साफिया पुन, जानकी भण्डारी ।
मुख्य प्रशिक्षक : जगदीश भट्ट ।
प्रशिक्षक : सलिना श्रेष्ठ र भरत यादव
व्यवस्थापक : रीता कोइराला

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय