Comments Add Comment

सेन्ट्रल जोन विजेता महिला भलिबल टिमलाई जनही ३ लाख प्रदान

नगद पुरस्कार लिएपछि सामूहिक तस्वीर खिचाउँदै महिला भलिबल खेलाडीहरु । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

१० मंसिर, काठमाडौं । एभिसी सेन्ट्रल जोनमा स्वर्ण पदक जितेको महिला भलिबल टिमलाई सरकारले नगदसहित सम्मान गरेको छ ।

पूर्वघोषित कार्यक्रम अनुसार सरकारले सबै खेलाडीलाई मंगलबार जनही ३ लाख रुपैयाँसहित प्रमाणपत्र प्रदान गरेको हो । बंगलादेशमा सम्पन्न पहिलो संस्करणको उपाधि जित्ने टोलीमा रहेका १२ खेलाडी ३ प्रशिक्षक र १ व्यवस्थापकलाई अर्थमन्त्री डा. युवराज खतिवडा र युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार विश्वकर्मालगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।

प्रधानमन्त्रीले सागमा सहभागी हुने खेलाडीलाई विशेष सम्बोधन गर्ने भनिए पनि स्वास्थ्य समस्याका कारण उपस्थित हुन सकेनन्  । उनको सट्टा अर्थमन्त्री युवराज खतिवडाले विशेष सम्बोधन गरे ।

महिला भलिबल टिमले साग भलिबलमा पनि स्वर्ण जित्ने लक्ष्य राखेकाे छ । कार्यक्रममा अर्थमन्त्री खतिवडाले सागमा सपदक जित्नेलाई पुरस्कार राशीमा उल्लेख्य वृद्धि गर्ने बताए ।

यसअघि सागमा स्वर्ण जित्नेले ३ लाख, रजत जित्नेले २ लाख र कास्य जित्नेले १ लाख रुपैयाँ पुरस्कार दिने सरकारी घोषणा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment