+

सागमा भलिबलका खेलहरु भोलिदेखि, भारतको सहभागिता अझै अनिश्चित

२०७६ मंसिर  १० गते १९:५३ २०७६ मंसिर १० गते १९:५३
सागमा भलिबलका खेलहरु भोलिदेखि, भारतको सहभागिता अझै अनिश्चित

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा भलिबल खेलहरु भोलि सुरु हुँदैछ ।

तर भारतको टोली अझै नेपाल आइपुगेको छैन । यति मात्र होइन, आउने वा नआउने पनि अझै टुंगो लागेको छैन । यही कारण मंगलबार मात्र दुई पटक खेल तालिका संशोधन भएको छ ।

नेपाल भलिबल संघ स्रोतका अनुसार भारतलाई भोलि साँझसम्म काठमाडौं आइपुग्न भनिएको छ । नभए भारतीय टिमलाई ‘अयोग्य’ घोषित गर्ने चेतावनी दिइएको छ ।

नयाँ खेल तालिकाअनुसार पुरुषतर्फ भोलि उद्घाटन खेलमा घरेलु टोली नेपालले बंगलादेशसँग खेल्नेछ ।

पर्सि बिहीबार पाकिस्तान र माल्दिभ्स र भारत र बंगलादेशको खेल छ । शुक्रबार भारत र नेपाल तथा श्रीलंका र माल्दिभ्सको खेल छ । शनिबार श्रीलंका र पाकिस्तान खेल्नेछन् ।

महिलातर्फ उद्घाटन खेलमा भोलि बुधबार दिउँसो ३ बजे नेपनल र बंगलादेश नै खेल्नेछन् ।

हेर्नुहोस् खेलतालिका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय