+
+

निर्माणाधीन परियोजनाबारे पर्यटनमन्त्रीले सोधे १५ प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ११ गते १२:५०

११ मंसिर, काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले आफ्नो मन्त्रालय मातहत भएका विभाग तथा कार्यालयहरुलाई निर्माणाधीन परियोजनाबारे १५ प्रश्न सोधेका छन् ।

ठेक्का सम्झौता मिति, कबोल रकम, काम सक्नुपर्ने मिति, अहिलेस्म्म भएको काम म्याद थप भएको समयदेखि हालको अवस्था जस्ता विषय प्रश्नमा समेटिएका छन् र पाँच दिनभित्र जवाफ पठाउन भनिएको छ । ‘त्यसका आधारमा कतिपयको ठेक्का रद्द पनि हुनसक्छ’ मन्त्रालय स्रोतले भन्यो ।

दोस्रो चौमासिक समिक्षामा प्रधानमन्त्री केपी शर्मा ओलीले विकास खर्च सन्तोषजनक नभएको भन्दै ठेक्काहरुमा सम्झौता, अहिलेसम्म भएका कामलगायतको विस्तृत रिपोर्ट बुझाउन पनि मन्त्री र सचिवहरुलाई निर्देशन दिएका थिए । उनले काम गर्न नसक्नेहरुको ठेक्का रद्द गर्न समेत भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?