Comments Add Comment

१३ औं सागमा २ हजार ९१० खेलाडी

११ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सात देशबाट कुल २ हजार ९ सय १० खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । राष्ट्रिय टिम तयारी समितिले सागमा सहभागी ७ राष्ट्रबाट २६   खेलका लागि २ हजार ९ सय १० खेलाडीको सहभागिता रहने जनाएको  छ ।

समितिका अनुसार ७ सय ६९ अफिसियल सहभागी हुनेछन् । खेलाडी र अफिसियल गरी कूल ३ हजार ६ सष ७९ जना सहभागि हुनेछन् ।

मंसिर १५ देखि २४ सम्म काठमाडौं पोखरा र जनकपुरमा सागका विभिन्न खेलहरु हुनेछन् । भलिबलतर्फका खेलहरु भने मंसिर ११ देखि नै शुरु हुँदैछ ।

१३ औं सागमा  नेपालबाट सर्वाधिक धेरै खेलाडी सहभागी हुनेछन् । नेपालबाट ५ सय ९४ खेलाडी र १ सय ८६ अफिसियल सहभागी हुनेछन् ।

यस्तै श्रीलंकाबाट ५ सय ५६ खेलाडी र १ सय ८६ अफिसियल, भारतबाट ५ सय ३५ खेलाडी र १ सय ६७ अफिसियल, बंगलादेशबाट ४ सय ७८ खेलाडी र १ सय ४७ अफिसियल, पाकिस्तानबाट ३ सय ७८ खेलाडी र १ सय ५ अफिसियल सहभागी हुनेछन् ।

त्यस्तै माल्दिभ्सबाट २ सय ५२ खेलाडी र ६८ अफिसियल तथा भुटानबाट १ सय १७ खेलाडी र २७ अफिसियलले सहभागिता जनाउने छन् ।

सागमा कुल ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्य पदकका लागि प्रतिस्पर्धा हुँदैछ । तेस्रो पटक नेपालमा साग आयोजना हुँदैछ ।

१३ औं सागमा कुन देशको कति खेलाडी ?

१ नेपाल – खेलाडी ५९४ अफिसियल १८६

२ श्रीलंका –  खेलाडी ५५६  अफिसियल – १८३

३ भारत – खेलाडी ५३५ अफिसयल – १६७

४ बङ्लादेश –  खेलाडी – ४७८ अफिसियल – १४७

५ पाकिस्तान – खेलाडी  ३७८ अफिसियल – १०५

६ मालदिभस – खेलाडी २५२ अफिसियल ६८

७ भुटान – खेलाडी ११७ अफिसयल २७

जम्मा खेलाडीहरु : २९१०

अफिसियल : ७६९

कूल सहभागी : ३६७९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment