Comments Add Comment

वडाध्यक्षलाई भोट माग्दै मैदानमा उत्रिए मुख्यमन्त्री !

११ मंसिर, दाङ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल आचार संहिताको ख्याल नगरी वडाध्यक्षको चुनाव प्रचारमा खटिएका छन् । घोराही उपमहानगरपालिका वडा नं १६ मा नेकपाबाटै बागी उम्मेदवारी परेपछि बागीलाई कडा आलोचना गर्दै मुख्यमन्त्री पोखरेल बुधबार चुनाबी मैदानमा उत्रिएका हुन् ।

घोराही-१६ मा नेकपाका उम्मदेवार लछिन बुढाको निधनपछि हुन लागेको चुनावमा पार्टी निर्णयविपरीत स्वतन्त्र उम्मेदवारी दिइनु भनेको लछिनको अपमान भएको मुख्यमन्त्री पोखरेलले बताए ।

पार्टीको आधिकारिक उम्मदेवारलाई हराउने उद्देश्यले स्वतन्त्र उम्मेदवारी दिइएको भन्दै मुख्यमन्त्री पोखरेलले बागी उम्मदेवारलाई मतदान नगर्न आग्रह गरे ।

घोराही उपमहानगरको वडाध्यक्षका लागि ७ जनाको उम्मदेवारी परेको छ । नेकपाका आधिकारिक उम्मेदवार सुरेशबहादुर केसी छन् भने नेकपाबाटै बागी उम्मदेवार जगलाल चौधरी उठेका छन् । थारु समुदायका नेकपा नेता बागी उठेकाले नेकपा अप्ठ्यारोमा परेको छ ।

कांग्रेसका तर्फबाट ताराबहादुर डाँगी र समाजवादी पार्टीबाट विमला पुन उम्मदेवार छन् । राप्रपाले प्रकाश स्वतन्त्रमा समिर वली र पहलमान आलेसमेत उठेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment