Comments Add Comment

‘कमेडी च्याम्पियन’लाई दर्शकको मिश्रित प्रतिक्रिया

नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सुरु भइसकेको छ । फिजिकल अडिसनबाट छनोट भएका २४ प्रतिष्पर्धीले आफूलाई टप १० मा स्थन बनाउनको लागि अहिले प्रस्तुति दिइरहेका छन् ।

सोमबार ग्राण्ड प्रिमियर भन्दै सुरु भएको ‘कमेडी च्याम्पियन’को दुई भाग प्रशारण भैसकेको छ । पहिलो एपिसोडले युटुबमा ६ लाख बढि भ्युज पाएको छ भने दोस्रो एपिसोडले ५ लाख भ्युज पार गरेको छ । हिजोआज टेलिभिजनका लागि बनाइएका कार्यक्रम युटुबको भ्यूजको आधारमा हिट र फ्लपको मापनमा पर्ने गरेका छन् । कान्तिपुर टेलिभिजनबाट यो शो प्रशारण हुँदै आएको छ ।

दुई भागमा आएका दर्शक प्रतिक्रिया भने मिश्रित छन् । कसैले यो शोलाई उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन् भने कसैले कमजोरी औल्याएका छन् । यस्तो प्रकारको शो नेपालमा भित्रिनु राम्रो कुरा भएको र यसले नयाँ प्रतिभाहरुलाई माथि ल्याउन सहयोग गर्ने प्रतिक्रिया केही दर्शके दिएका छन् ।

कतिपयले भने शोका निर्णायकहरुमाथि प्रश्न उठाइरहेका छन् । कमेडीको नाममा निर्णायकहरुलाई प्रतिस्पर्धीहरुले भद्दा मजाक बनाइरहेको भन्दै दर्शकहरु असन्तुष्ट पनि देखिएका छन् । कतिपयले भने शोको स्तरमा प्रश्न उठाएका छन् । शोको सेट राम्रो बनेको छ । तर, त्यसमा लाइटिङको प्रयोग राम्रोसँग र व्यवस्थित गर्न नसक्दा सेट कमजोर देखिएको प्रतिक्रिया पनि दर्शकले दिएका छन् ।

यतिबेला नेपाली टेलिभिजनमा रियालिटी शोको त बाढी नै आएको छ । तर, सबै रियालिटी शोले बजारमा दर्शक भने पाएका छैनन् । २ भागमै यो शोको मुल्यांकन गर्न संभव त छैन । तर, यसको टिमले शोको टीआरपी बढाउनका लागि र स्तरिय बिषय पस्कनका लागि धेरै नै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment