+
+
Shares

सागको क्रिकेट खेल हेर्न दुई सय र पाँच सयको टिकट

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १२ गते १४:०६

१२ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत क्रिकेट खेल हेर्न टिकट दर २ सय र ५ सय रुपैयाँ तोकिएको छ । काठमाडौंको कीर्तिपुर मैदानमा हुने पुरुष क्रिकेटका खेल हेर्न २ सय र ५ सय रुपैयाँको टिकट तोकिएको छ ।

नेपालको खेल भएको दिन ५ सय र अरु दिन २ सय रुपैयाँको टिकट व्यवस्था गरिएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

पुरुष क्रिकेटका खेल मंसिर १७ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । पहिलो खेलमा नेपालले श्रीलंकाको २३ वर्षमुनिको टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

पुरुष क्रिकेटमा बंगलादेशको यु २३ टिम, भुटान, माल्दिभ्स नेपाल र श्रीलंकाको यु २३ टिम सहभागी छ । पुरुष क्रिकेटमा भारत र पाकिस्तानले सहभागिता जनाएनन् । महिला क्रिकेटका खेलहरु भने पोखरामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?