+
+

१३ औं सागमा नेपालको झण्डा पारस खड्काले बोक्ने !

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १३ गते १२:५४

१३ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को मार्चपासमा नेपालको झण्डा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई बोक्न दिने तयारी छ ।

केही समयअघि राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका पारसले १३ औं सागको उद्घाटनको दिन हुने मार्चपासमा खेलाडीको नेतृत्व गर्दै नेपालको झण्डा बोक्ने सम्भावना रहेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

नेपालको तर्फबाट डेपुटी सेफ द मिसन रहेका रिम रानाभाटले मार्चपासमा पारसले झण्डा बोक्ने सम्भावना भएको र यो प्रस्ताव राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवबाट अप्रुभ हुन बाँकी रहेको बताए ।

पारसले १३ औं सागमा पुरुष क्रिकेट खेल्दैछन् । सागमा क्रिकेट ८ वर्षपछि फर्किएको हो ।

पारसले एक दशक नेपाली राष्ट्रिय टिमको कप्तानी गरेका थिए । उनकै नेतृत्वमा नेपालले सन् २०१४ मा टी २० विश्वकप खेलेको थियो भने एक दिवसीय मान्यता पाएको थियो । पारस नेपालका लागि एक दिवसीय र टि २० आईमा शतक प्रहार गर्ने पहिलो र एकमात्र नेपाली खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?