+
+

कास्कीमा ढिस्कोमा पुरिएर सल्यानका एकै गाउँका ५ जनाको मृत्यु

अमृत सुवेदी अमृत सुवेदी
२०७६ मंसिर १५ गते ११:०१

१५ मंसिर, पोखरा । पोखरा–२० को मौजामा ढिस्कोले पुरिएर ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । ज्यान गुमाउने सबै सल्यानको एउटै गाउँका हुन् ।

पोखरा महानगरपालिका-२० का वडाध्यक्ष सीम गुरुङले  महानगरको कनेक्टिभिटी सडक निर्माणमा संलग्न सल्यान बागचौर नगरपालिका–४, पेदीखोलाका ५ जनाको आइतबार बिहान ज्यान गएको बताए ।

ज्यान गुमाउनेमा जितबहादुर बस्नेत, गणेश ओली, तोभान बस्नेत, जोगेन्द्र बुढाथोकी र खिमलाल ओली छन् ।

अहिले प्रहरी तथा स्थानीय मिलेर पुरिएकाहरुलाई निकालेर पोस्टमार्फतको तयारी भइरहेको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका–२० स्थित मौजामा नाली खन्ने क्रममा आइतबार बिहान ढिस्को खसेर मजदुर पुरिएका थिए । सुरुमा ३ जनाको मृत्यु भएकामा थप २ घाइतेको पनि मृत्यु भएको हो ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?