Comments Add Comment

‘गोलमाल ५’ बन्ने, फेरि रोहित र अजयको टिमअप

बलिउडमा निर्देशक रोहित सेट्टी र नायक अजय देवगण सबैभन्दा नजिकका साथी मानिन्छन् । उनीहरुले काम गरेको ‘गोलमाल, सिंघम, अल दि बेष्ट’ लगायतका चलचित्र बक्स अफिसमा हिट छन् । यी दुइको टिमअपलाई लिएर बलिउडमा पनि खुबै चर्चा हुने गर्दछ ।

अब, रोहित र अजयको टिमअप ‘गोलमाल ५’का लागि हुने भएको छ । चलचित्रका लागि नायिका भने फाइनल गरिएको छैन । तर, यसअगाडिका सिरिज जस्तै यो चलचित्रमा पनि अर्साद वार्सी, तुषार कपुर, श्रेयस तालपडे, कुनाल खेमु, मुकेश तिवारीको मुख्य भूमिका रहनेछ ।

यो चलचित्रका हरेक सिरिजले बक्स अफिसमा धमकेदार व्यापार गर्दै आएका छन् । ‘इट्स फन अनलिमिटेड’ भन्ने मुल मन्त्र लिएर यो चलचित्र बन्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment