+
+
Shares

लेनदेन विवादमा ‘अपहरित’ व्यवसायीको उद्दार

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १५ गते १३:१०

१५ मंसिर, काठमाडौं । ‘तीन/चार जना केटाहरु आएर मेरो भाइलाई अपहरण गरेर लगे ।’

प्रहरी कन्ट्रोल १०० मा आइतबार बिहान ९ बजे सूचना आयो । कागेश्वर, डल्लु क्षेत्रमा भाँडा पसल चलाउँदै आएका कृष्ण देउला अपहरित भएको सूचना थियो ।

विवरण टिप्ने वित्तिकै प्रहरी कन्ट्रोलबाट काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीसम्म यो सूचना पुग्यो । प्रहरीले उनको कल डिटेल रेकर्ड (सीडीआर) निकाल्नेदखि चेक पोइन्ट राखेर सबै युनिटलाई अलर्ट गर्न थाल्यो ।

देउलाले लगाएको कपडा र हुलियाको आधारमा काली खोलामा दिउँसो शंकास्पद कारलाई प्रहरीले नियन्त्रणमा लियो । साथमा ४ जना व्यक्ति पनि थिए ।

डीएसपी बोगटीका अनुसार अहिले उनीहरुलाई काठमाडौंतर्फ ल्याउने काम भइरहेको छ । प्रारम्भिक सोधपुछमा आर्थिक लेनदेनको विषयमा देउलालाई अपहरण गरेर लान खोजेको देखिएको उनी बताउँछन् ।

‘लेनदेनकै विवाद भए पनि त्यसरी बलजफ्ती उठाउन त पाइएन नि’, बोगटी भन्छन्, ‘टेकुमा ल्याएपछि विस्तृत अनुसन्धान थाल्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?