+

पोखरामा सागको उद्घाटन (फोटो फिचर)

२०७६ मंसिर  १५ गते १३:२३ २०७६ मंसिर १५ गते १३:२३
पोखरामा सागको उद्घाटन (फोटो फिचर)

१५ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पोखरामा हुने खेलको आइतबार उद्घाटन भएको छ ।

१३ औं साग स्थानीय सहजीकरण तथा व्यवस्थापन समिति संयोजक तथा गण्डकी प्रदेश सामजिक विकास मन्त्री नरदेवी पुनमगरले उद्घाटन गरेकी हुन् । साग २५ गतेसम्म चल्नेछ ।

‘पोखरा खेलकुदका लागि अति उत्तम ठाउँ हो । साग पोखरामा आयोजना गर्न पाउनु गौरवको कुरा हो,’ मन्त्री पुनमगरले भनिन्, ‘मौसम पनि खुलेको छ । नेपाली खेलाडीले पनि मौसमजस्तै खुलेर खेल्नुहोला ।’

पोखरामा हुने साग अन्तर्गत उद्घाटन खेल ब्याडमिन्टन हुँदैछ । पहिलो खेलमा बंगलादेश र पाकिस्तान भिड्दैछन् । पोखरामा हुने साग अन्तर्गतका खेलमा आयोजकले केही बेर फोटो पत्रकारलाई फोटो खिच्न मनाही गरेको थियो ।

१३ औं सागका २७ खेल पोखरासहित काठमाडौं र जनकपुरमा हुँदैछन् ।

१३ औं साग अन्तर्गत पोखरामा आर्चरी, महिला फुटबल र क्रिकेट, ब्याडमिन्टन, ह्यान्डबल, ट्रायथोलन, भारोत्तोलन र ब्याडमिन्टन हुनेछन् । महिला क्रिकेट पोखरा रंगशालास्थित क्रिकेट रंगशालामा १६ गते हुनेछ ।

आर्चरी पोखरा रंगशालामा १९ गते हुनेछ । १७ गते महिला फुटबल, ह्यान्डबल १८ गते, बिच भलिबल बाराही घाटमा १९ गते, र भारोत्तोलन माटेपानीमा १९ गते हुनेछ ।    

लेखक
युनिश गुरुङ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय