Comments Add Comment

बाग्लुङमा प्रारम्भिक गणनामा कांग्रेस अगाडि

१५ मंसिर, काठमाडौं । प्रदेशसभा उपनिर्वाचन अन्तर्गत बाग्लुङ–२ (ख)को प्रारम्भिक मत परिणाम आएको छ । एक हजार ८ मत गणना हुँदा नेपाली कांग्रेसका जितबहादुर शेरचनले ५२५ मत पाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थनमा उम्मेदवारी दिएका जनमोर्चाका खिमबहादुर शाहीले ३८६ मत ल्याएका छन् ।

समाजवादीका अशोक विकको ७०, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीको ६ र राप्रपा (संयुक्त)का निमबहादुर भण्डारीको २ मत छ ।

अर्का स्वतन्त्र उम्मेदवार वीरमान घर्तीले ९ मत पाएका छन् । नेकपाका स्थानीय नेता घर्तीले जनमोर्चाकै शाहीलाई समर्थन गरेका थिए ।

सहमति अन्तिम समयमा भएकाले उनको उम्मेदवारी फिर्ता भएन ।

२०७४ सालमा यो क्षेत्रमा जनमोर्चाका टेकबहादुर घर्ती ११ हजार ८८४ मत पाएर विजयी भएका थिए । त्यतिबेला कांग्रेसका जितबहादुर शेरचनको ८ हजार ६२४ भोट थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment